कोरोनाको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई लगाउने



Download our app to get more features
Spark_health_home

काठमाडौं, १३ माघ । कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ भोलीदेखि देशभर सुरू हुँदै छ। पहिलो चरणमा फन्टलाइनमा खटिएका सरसफाइकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई खोप लगाइने तयारी छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोली १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट खोप अभियान सुरू गर्न जनाइएको छ।

काठमाडौ उपत्यकामा भोली ३ वटा अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुदै छ।

मन्त्रालयका अनुसार शहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी बलम्बु अस्पतालबाट भोली खोप अभियान सुरू हुँदै छ।

ओलीले भर्चूअल माध्यमबाट सुरू गरेपछि पहिलो चरणमा सातै प्रदेशका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट एकैसाथ कोरोना भाइरस विरुद्धको खोप अभियान संचालन गरिने मन्त्रालयले जनाएको छ।

कोभिड– १९ विरुद्धको पहिलो खोप शहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले लगाउने भएका छन्।


डा. राजभण्डारीले लगाएपछि  अन्य स्वास्थ्यकर्मीलाई खोप दिइने छ। कोही स्वास्थ्यकर्मी पनि केही हुन्छ कि भन्ने भ्रम नपर्न डा. भण्डारीले आग्रहले गरेका छन् । 

यो खोपको प्रभावकारिता ७० देखि ९१ प्रतिशत सुरक्षित भएकाले सुरक्षित भएको अध्ययनले देखाएको छ।

नेपालले पहिलो डोज लगाएको एक महिनापछि दोस्रो डोज लगाउने मन्त्रालयको तयारी छ। दोस्रो डोज जति ढिला लगायो यसको प्रभावकारिता त्यति बढी हुने विज्ञले बताउँदै आएका छन्।

Hamro Doctor
Last modified on 2021-01-26 13:16:35

Kathmandu Cancer Center Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts