भरतपुर अस्पतालमा उपचाररत गैंडाकोटका ५५ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु



Download our app to get more features

चितवन, ६ माघ । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत थप एकजना कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुरूषको मृत्यु भएको छ ।

नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका–१३ का  ५५ वर्षीय पुरूषको मङ्गलवार साँझ ६ः५ बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । 

स्वास्थ्यमा समस्या देखिएपछि उनीलाई गत पुस २३ गते अस्पताल भर्ना गरिएको थियो । उनमा पुस २६ गते संक्रमण पुष्टि भएको थियो । उनलाई स्वास्थ्यमा थप जटिल समस्या देखिएपछि माघ ५ गते देखि कोभिड आईसियूमा राखेर उपचार शुरू गरिएको थियो। उनको त्यही उपचारको क्रममा मङ्गलवार मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनमा श्वासप्रश्वासमा समस्यासँगै शरीरमा अक्सिजनको मात्रा कम भएको अस्पतालले जनाएको छ । उनमा जटिल प्रकृतिको कोभिड निमोनिया समेत देखिएको थियो । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै, स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मङ्गलवार दिउँसोसम्म चितवन जिल्लाभर छ हजार छ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये जिल्लाभर अहिलेसम्म छ हजार ३ सय ४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी जिल्लाभर एकसय ७८ जना सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म चितवन जिल्लाका मात्रै एकसय चार जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

Last modified on 2021-01-21 09:04:44

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts