लुम्बिनी प्रदेशमा ३९ हजार जनालाई पुग्ने ‘कोभिसिल्ड’ खोप आइपुग्यो

सबै जिल्लामा आज पुर्याइने, भोलिबाट लगाउन सुरु हुने



Download our app to get more features

रुपन्देही, १३ माघ । कोरोना भाइरस विरुद्धको खोप लुम्बिनी प्रदेश आईपुगेको छ । कोरोना विरुद्ध अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक लगायत लुम्बिनी प्रदेशका ३९ हजार ४ सय ९५ जनालाई पुग्ने गरी ‘कोभिसिल्ड’ खोप आईपुगेको हो ।

खोप प्राप्त हुने बित्तिकै यसलाई लुम्बिनी प्रदेशमा रहेका १२ वटै जिल्लामा पु¥याउने तयारी सुरु गरिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनी प्रदेशले जानकारी दिएको छ । भोलिबाट खोप लगाउन सुरु गरिने भएकोले आजै सबै जिल्लामा खोप पुर्याइने तयारी भएको  छ ।

सोमवार अबेर राती बुटवल आई पुगेको खोपलाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमै स्टोरेज गरि राखिएको छ । यसलाई २ देखि ८ डिग्री सेन्टिग्रेडको तापमानमा राखी सम्बन्धीत जिल्लामा पुर्याइँदै छ ।

यसअघि नै विभिन्न खोपहरु जिल्लामा गई रहने भएकोले यसको आपूर्ति र ढुवानीमा कुनै समस्या नरहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक दिनेश चापागार्इंले बताए ।

कोरोना विरुद्धको खोप एउटै व्यक्तिलाई २ डोज दिनु पर्ने चापागाईंको भनाइ छ । उनले पहिलो डोज लिएको ४ सातापछि अर्को डोज दिइने भन्दै ३९ हजार ४ सय ९५ लाई २ डोज पुग्ने गरि ८ हजार ७ सय ६८ भाईल खोप प्राप्त भएको बताए ।

प्राप्त भएको डोज मध्ये सबै भन्दा बढी रुपन्देही जिल्लामा १५ हजार ५३ जनालाई पुग्ने ३ हजार ३ सय ४२ भाईल खोप पठाईने तयारी भएको उनले बताए । यस्तै बाँकेमा ७ हजार ७ सय जनालाई पुग्ने १ हजार ७ सय ९ भाईल, दाङ्गमा २ हजार ९ सय ७० जनालाई पुग्ने ६ सय ५९ भाईल, कपिलवस्तुमा २ हजार ४३ जनालाई पुग्ने ४ सय ५४ भाईल, पाल्पामा २ हजार ४ सय ६० जनालाई पुग्ने ५ सय ४६ भाईल खोप पु¥याउने तयारी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनीको रहेको छ ।

त्यसै गरि प्युठानमा १ हजार ६३ जनालाई पुग्ने गरि २ सय ३६ भाईल, बर्दियामा १ हजार ९ सय ६२ जनालाई पुग्ने गरि ४ सय ३६ भाईल, अर्घाखाँचीमा १ हजार ७ सय ३४ जनालाई पुग्ने गरि ३ सय ८५ भाईल, नवलपरासीमा १ हजार ७२ जनालाई पुग्ने गरि २ सय ३८ भाईल, रुकुम पूर्वमा ४ सय ६७ जनालाई पुग्ने गरि १ सय ४ भाईल, गुल्मीमा १ हजार ८ सय ८२ जनालाई पुग्ने गरि ४ सय १८ भाईल र रोल्पामा १ हजार ८९ जनालाई पुग्ने गरि २ सय ४२ भाईल कोभिसिल्ड खोप प्रदेश स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्र लुम्बिनीले पु¥याउदै छ ।

लुम्बिनी प्रदेशमा कुन जिल्लामा कति जनालाई खोप लगाउने भन्ने बारे निर्क्यौल समेत भई सकेको छ । स्थानीय तहसँगको समन्वयमा सामाजिक विकास मन्त्रालयले नामावली समेत तयार गरि सकेको छ ।

लुम्बिनी प्रदेशमा आउने खोप अग्रपंक्तिमा रहेकाहरुलाई दिईने मन्त्रालयले जानकारी दिएको छ । लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले अग्रपंक्तिमा खटिएका फोहोरमैला ब्यवस्थापनमा खटिएका संकलक र चालकहरु, एम्बुलेन्स तथा शववाहनका चालक र सहचालक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव व्यवस्थापनमा प्रत्यक्ष खटिएका व्यक्ति, महिला स्वास्थ्य स्वयम सेविका लगायतलाई पहिलो चरणमा खोप दिईने बताए ।

Last modified on 2021-01-26 16:18:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts