मेक्सिकोका राष्ट्रपति आन्द्रेसमा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

एजेन्सी, १२ माघ । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुए लोपेज ओब्राडोरलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गराउँदा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

६७ वर्षीय राष्ट्रपति ओब्राडोरले सामाजिक सञ्जालमा एक सन्देश दिँदै आफू कोरोना संक्रमित भएको पनि बताएका छन् । उनले आफूमा कोरोनाको लक्षणहरू सामान्य रहेको र औषधि उपचार शुरु गरिसकेको पनि उल्लेख गरेका छन् ।

मेक्सिकोमा गत डिसेम्बर २४ देखि खोप अभियान शुरु भइसकेको छ । मेक्सिकोले फाइजरले उत्पादन गरेको खोपका अतिरिक्त अस्ट्राजेनिका र अक्सफोर्डले विकास गरेको खोप पनि प्रयोगमा ल्याउने जनाइसकेको छ । 

मेक्सिकोमा हालसम्म कोरोना सङ्क्रमित झण्डै १ लाख ५० हजारको मृत्यु भइसकेको छ भने १७ लाख ६३ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts