यस्तो छ बलिउड महानायक बच्चनको फिटनेस सिक्रेट !



Download our app to get more features

बलिउड महानायक अमिताभ बच्चन ११ अक्टुबरमा ७५ वर्षका भएका छन् । ७५ वर्षीय बच्चन अहिले पनि उत्तिकै एक्टिभ, स्मार्ट र फिट छन् । वृद्ध उमेरमा पनि आफूलाई एक्टिभ र फिट राखेकै कारण उनलाई अहिले पनि करोडौं फ्यानले फलो गरिरहेका छन् । उनी भर्खरका युवा अभिनेतालाई टक्कर दिने अवस्थामा छन् । उमेरकै कारण उनको काम र फिटनेसमा कुनै फरक परेको छैन । क्षयरोग र हेपाटाइटिस बीसँग लडिसकेका महानायक बच्चन अहिले भने पुरै स्वस्थ छन् । आफूलाई सँधै फिट र एक्टिभ राख्न महानायक बच्चनका केही गोप्य टिप्स बारे जानौं :— 

नो स्मोकिंङ
बलिउडमा ‘बिग बी’ को नामले समेत परिचित बच्चनलाई धेरै चलचित्रमा चुरोट खाएको देखिन्छ । तर, वास्तविक जीवनमा उनी चुरोट खाँदैनन् । उनी भन्छन् ‘चुरोट खानु स्वास्थ्यको लागि हानीकारक छ भन्ने हामी सबैलाई थाहा छ । त्यसैले चुरोट खानु हुँदैन ।’

नो अल्कोहल
अमिताभ बच्चनलाई धेरैले रोल मोडल र आइकनका रुपमा लिन्छन् । त्यसैले उनले अपनाउने धेरै बानी उनका फ्यानहरूले पनि अपनाउने गर्छन् । बिग बीले कुनै पनि किसिमको मद्यपान सेवन गर्दैनन् । त्यतिमात्र होइन उनी चिया कफी पनि खादैनन् । उनको भनाई छ की म त्यस्तो कुनै पनि पेयपदार्थ पिउन चाहन्न जसले तौल बढाउने, मधुमेह हुने वा अन्य कुनै स्वास्थ्य समस्यालाई निम्त्याउने काम गर्छ ।

नो इन्डियन स्वीट
आम भारतीय गुलियो खान निकै मन पराउँछन् । त्यसमा पनि भारतीय मिठाईहरू ठाउँ अनुसार निकै प्रसिद्ध पनि छन् । तर, महानायक बच्चन अलि फरक छन्, उनी मिठाई खान रुचाउँदैनन् । त्यति मात्र नभई उनी कुनै पनि किसिमको बेकरी परिकार पनि खाँदैनन् । जस्तै ः केक, पेस्ट्रिज ।

नो नन् भेजिटेरियन फूड
केही समय अघिसम्म बिग बी र उनकी पत्नी जया बच्चन मांसहारी थिए । तर, अब उनीहरू दुवैले माछामासु खान छोडिसकेका छन् । बिग बीले आफूलाई फिट र स्वस्थ राख्नका लागि ब्यालेन्स डाइट मात्रै लिन्छन् । शाकाहारी खानाले मानिसमा सकारात्मक उर्जा आउनुका साथै कुनै पनि रोगले सजिलै आक्रमण नगर्ने उनको भनाइ छ ।

रेगुलर वर्कआउट
भारतीय कलाकारहरू आफूलाई सँधै फिट र एक्टिभ राख्न विभिन्न किसिमका व्यायाम गर्ने गर्छन् । तिनै मध्येका एक हुन् महानायक बच्चन । उनी पनि आफूलाई सँधै फिट राख्न नियमित व्यायाम गर्ने गर्छन् । त्यति मात्र होइन उनी आफूलाई सँधै स्पूर्त राख्न योगा पनि गर्ने गर्छन् ।

 

(एजेन्सी)

Last modified on 2017-11-18 20:47:34

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts