सरकारी मूल्यभन्दा कममा निजी क्षेत्रले रेम्डेसिभिर बेचेपछि विभागद्वारा बिक्रिवितरणमा रोक



Download our app to get more features

दाङ, ४ जेठ । दाङमा बिक्री हुदै आएको रेम्डेसिभिर बिक्रिवितरणमा रोक लगाइएको छ ।

औषधि व्यवस्था विभाग नेपालगञ्जले उक्त औषधि बिक्रि वितरणमा रोक लगाएको हो । 

दाङको कालिका मेडिकलले कोरोना संक्रमितको उपचारमा प्रयोग हुँदै आएको रेम्डेसिभिर सरकारले तोकेको मूल्यभन्दा कम मुल्यमा बिक्रि गर्दै आएको थियो । निजी क्षेत्रले बिक्रि गर्न नपाउने भन्दै विभागले रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङको सिफारिसमा मिलेनियम फर्मास्यूटिकल्सले दाङमा रेम्डेसिभिर ल्याएर बिक्रि गर्दै आएको थियो । 

दाङमा कोरोना महामारीको समयमा धेरै संक्रमितले ज्यान गुमाउनु परेको छ । यस्तो अवस्थामा सरकारले समयमै रेम्डेसिभिर दिन नसकेपछि निजी क्षेत्रले सरकारी दरभन्दा कम मूल्यमा बेच्दा समेत बिक्रिमा रोक लगाइएको छ । 

रेम्डेसिभिरको सरकारी मूल्य चार हजार नौ सय भएतापनि कालिका मेडिकलले चार हजार आठ सयमा बिक्रि गर्दै आएको थियो । तर, औषधि व्यवस्था विभाग नेपालगञ्जले जिल्ला प्रशासन कार्यालय दाङलाई पत्र लेखी निजी क्षेत्रलाई बिक्री नगर्न भन्दै रोग लगाएको छ । 

सरकारी अस्पताल र कोरोना अस्पतालले मात्र रेम्डेसिभिर बेच्न पाउने भन्दै रोक लगाइएको छ । 

हाल रेम्डेसिभिर राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरको फार्मेसीले बिक्रि गर्दै आएको छ । 

देशका विभिन्नस्थानमा कारोबरारी हुदै आएपनि थोक औषधि व्यवसायी संघ दाङको पहलमा दाङमा सरकारी दरभन्दा कम मल्युमा औषधि बिक्रि गर्दै आएको थोक औषधि व्यवसायी संघका अध्यक्ष शालिकराम आचार्यले बताए ।

औषधि व्यवसायीहरुका अनुसार सामाजिक सेवा भावले नाफारहित सरकारी मुल्यभन्दा कम मुल्यमा बिक्री गर्दै आएको बताएका छन् । 

नाम नखुलाउने सर्तमा एक व्यवसायीले भने औषधि व्यवस्था विभागलाई गलत सूचना दिएर औषधि अभाव सृजना गरी कालोबजारी गर्नको लागि रोक लगाई हो । यस तर्फ विभागको समयमै ध्यान जाहोस् ।

 उनले भने राज्यले गर्नु पर्ने काम निजी क्षेत्रले गर्दा किन धरपकट गरियो ?

स्वास्थ्यको सुरक्षा सरकारले गर्नु पर्ने हो । तर यस्तो महामारीमा निजी क्षेत्रले रेम्डेसिभिर सरकारी दरभन्दा कम मुल्यमा बेच्दा समेत रोक लगाएकोमा व्यवसायीहरुले यसको बिरोध गरेका छन् । 

औषधि नपाएर कोरोना संक्रमितको ज्यान जानु पर्ने अवस्थामा निजी क्षेत्रले राम्रो भुमिका खेलेको छ । तर पनि यसको बिक्रीको रोक लगाउदा यहाँका जनताले अकालमा ज्यान गुमाउनुको साथै कालोबजारीका लागि फाइदा हुने देखिन्छ ।

Last modified on 2021-05-18 19:29:43

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts