कोरोना संक्रमणको दोस्रो लहरसम्म आइपुग्दा मैले देखेको यथार्थता



Download our app to get more features

नेपालमा हाल कोरोनाको दोस्रो चरणको लहर फैलिरहेको छ । तर, आगामी दिनमा यसको तेस्रो लहर पनि आउन सक्ने वैज्ञानिकहरुले चेतावनी दिँदै आएका छन् । पहिलो चरणमा वर्तमान जस्तो अवस्था थिएन तर, हालको अवस्था निकै नै भयावह बन्दै गएको छ ।

१) बोर्डर, क्वारेन्टाइन र आइसोलेसन सेन्टरहरु व्यवस्थापन गर्न नसक्नुले नै अहिलेको यो स्थिति आएको हो ।

२) धेरै संक्रमितहरुले (खासगरी गाउँमा) परीक्षण नै गराएका छैनन् । भाइरल ज्वरो वा टाइफाइड भन्दै बसेका छन् र अरुलाई संक्रमण सारेका छन् ।

३) जसले परीक्षण गराएका छन् उनिहरु जटिल अवस्थामा मात्र अस्पताल पुग्ने गरेका छन् ।

४) जो अस्पताल पुगेका छन् उनीहरुले सहजै बेड, आईसीयू र राम्रो उपचार पाएका छैनन् ।

५) जसले बेड पाएका छन् उनीहरुले अक्सिजन पाएका छैनन् ।

६) स्वास्थ्यकर्मीहरुको मनोबल गिर्दो छ, प्रोत्साहन गर्ने कुनै कार्यक्रम  आएको छैन ।

७) कोरोना बाहेकका अन्य रोगको उपचार त झन् झन् जटिल बन्दै गएको छ । अन्य रोगको उपचारलाई पनि व्यवस्थित र सहज बनाउनु हाम्रो दायित्व हो ।

त्यसैले अब तेस्रो लहर आउनुभन्दा पहिला नै थुप्रै सुधार गर्न सक्ने ठाउहरु छन्, सबैले आआफ्नो ठाउँबाट सुधार गरौं ।

सबै सरकारको मात्र भर नपरौ, आफू पनि उत्तिकै जिम्मेवार बनौं ।

एकले अर्कालाई दोष थुपार्ने मात्र ग¥यो भने तेस्रो लहरमा झनै बढी क्षति व्यहोर्नु पर्नेछ ।

(डा. मरासिनी राष्ट्रिय ट्रमा सेन्टरको अर्थोपेडिक्स तथा ट्रमा सर्जरी विभागको विभागिय प्रमुख हुन् ।)

Last modified on 2021-05-20 13:31:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts