डा. झाको ‘नसोध मलाई’ बोलको गीत सार्वजनिक (भिडियोसहित)



Download our app to get more features

काठमाडौं, १३ जेठ । गजेन्द्र नारायणसिंह अस्पतालका प्रमुख डा. रञ्जीत कुमार झाले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मी सम्मानमा ‘नसोध मलाई’ बोलको गीत सार्वजनिक गरेका छन् ।

पछिल्लो एक वर्षदेखि कोरोना संक्रमित बिरामीहरुको उपचारमा खटिएका सिनियर कन्सल्टेन्ट फिजिसियन समेत रहेका डा. झाले कोरोना महामारीविरुद्धको लडाईंमा खटिएका स्वास्थ्यकर्मीहरुको सम्मानमा गीत सार्वजनिक गरेका हुन् ।

‘नसोध मलाई’ बोलको गीतमा डा. झाको स्वर रहेको छ भने गिरिराज निरौलाले शब्दहरु दिएका छन् । यस्तै संगित डा. झा र निरौला दुबैले दिएका छन् ।

भिडियोसहितः

Last modified on 2021-05-27 11:43:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts