‘भाषण मात्र होइन सरकार अक्सिजन, भेन्टिलेटर अनि खोप लिएर आउ’ (कविता)



Download our app to get more features

सरकार ,
 तिमीलाई भोट हालेर
 कुर्सीमा पठाउने 
 जनता जोगाउन,
   अक्सिजन लिएर आऊ
    भेन्टिलेटर लिएर आउ 
    खोप लिएर आउ
    अस्पताल  लिएर आउ।

सरकार,
 म ड्युटिबाट घर फर्किँदा
 मेरा बुढा बाबा आमा,
 दुधे शिशु र उनकी आमालाई 
 कोरोनाबाट जोगाइदिनुछ भने,
 एक शिशी सेनिटाइजर लिएर आउ
 एक थान पिपिइ लिएर आउ

सरकार,
 भोक प्यास नभनी 
 दिशा पिसाब  रोकेर
 ज्यानको पर्वाह नगरी 
 कोरोनाजस्तो दानवसँग 
 जनता जोगाउन लडिरहेका 
 स्वास्थ्यकर्मी जोगाउन
  अध्यादेश लिएर आउ 
  धारा उपधारा लिएर आउ

सरकार, 
 दुख परेका बेला 
 भावनात्मक उत्तेजना हुन्छ भन्ने 
 भाषण मात्र लिएर नआउ
  विज्ञप्ति मात्र लिएर नआउ

सरकार ,
 संबेदनसिल ठाउँमा 
 संबेदनसिल ड्युटीमा 
 संबेदनसिल काम गरेका
 स्वास्थ्यकर्मीका घाँटी निमोठ्न खोज्ने
 राक्षसी दुष्टहरुबाट 
 स्वास्थ्यकर्मी जोगाउने हो भने 
 "Jail Without Bail" लिएर आउ ।

सरकार ,
 यी स्वास्थ्यकर्मी त योद्दा हुन्
अरुको जीवन भर्न चाहन्छन्
 कसैलाई छोपेर लानखोज्ने,
 यमराजसँग लड्न चाहन्छन्
 यिनै नभए,
 के को अस्पताल 
 के को औषधि
 के को भेन्टिलेटर 
 के को अक्सिजन 
 यो कोरोना त के दुष्ट 
 यि योद्दाकै घाँटी निमोठेर 
 यिनलाइ नै सिध्याउन खोज्ने 
 यी दुष्टहरुबाट 
  बचाउने हो भने
  "Jail Without Bail" लिएर आउ ।।
  "Jail Without Bail" लिएर आउ ।।
  "Jail Without Bail" लिएर आउ ।।।


(लेखक डा. सापकोटा भरतपुर अस्पतालमा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन्)

Hamro Doctor
Last modified on 2021-05-31 08:15:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts