लामो समयसम्म हेरचाहको आवश्यकता रहेकाहरुका लागि जेरियाट्रिक केयर सेन्टर सञ्चालनमा ल्याइने



Download our app to get more features
Spark_health_home Hotline number ads 2

काठमाडौं, २५ जेठ । सरकारले जेरियाट्रिक केयर सेन्टर सञ्चालनमा ल्याउन परिपत्र गरेको छ । 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ्ग तथा सामाजीक सुरक्षा महाशाखाले जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा र स्याहार उपलब्ध गराउने उदेश्यले जेरियाट्रिक केयर सेन्टर सञ्चालनमा ल्याउन परिपत्र गरेको हो ।

महाशाखा प्रमुख रोशनी टुइटुइले राष्ट्रिय स्वास्थ्य नीति तथा जेष्ठ नागरिक ऐन बमोजिम प्राकृतिक प्रकोप, दुर्घटना वा अन्य कुनै रोगबाट पीडितलाई लामो समयसम्म हेरचाह गर्नुपर्ने हुनाले जेरियाट्रिक केयर सेन्टर सञ्चालनमा ल्याउन परिपत्र गरिएको बताइन् । 

उनले ‘जेरियाट्रिक केयर सेन्टर सञ्चालन निर्देशिका र मापदण्ड, २०७७’ बमोजिमको मापदण्ड पुरा गरेर जनस्वास्थ्य नियमावली २०७७ को नियम १२ बमोजिम इजाजत पत्र लिएर सेवा सञ्चालन गर्न अनुरोध गरिएको पनि बताइन् ।

उक्त निर्देशिका स्वास्थ्य सेवा विभाग, नर्सिङ्ग तथा सामाजीक सुरक्षा महाशाखाको वेबसाइटमा पनि रहेको टुइटुइले जानकारी दिइन् ।

Hamro Doctor
Last modified on 2021-06-08 07:38:39

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts