बाजुराका ९ वटै स्थानीय तहमा कोरोना संक्रमण फैलियो, स्ट्रेचरमै राखेर संक्रमितको उपचार



Download our app to get more features
Spark_health_home Hotline number ads 2

बाजुरा, २५ जेठ । बाजुराका ९ वटै स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ । गाउँगाउँमा संक्रमित भेटिन थालेपछि स्वास्थ्य संस्थालाई उपचार गर्न समस्या भइरहेको छ ।

जिल्लाको गौमुल गाउँपालिका–२ मा रहेको दहकोट स्वास्थ्य चौकीमा बेड नहुँदा कोभिडका बिरामीलाई स्ट्रेचरमा राखेर उपचार भइरहेको छ ।

स्वास्थ्य चौकीको कार्यक्षेत्रमा १८ जना संक्रमित रहेका छन् । सबैजना होम आइसोलेसनमा बसिरहेका छन् । केही समस्या भए स्वास्थ्य चौकी आउने गरेको स्वास्थ्य चौकी ईन्चार्ज धर्म खत्रीले बताए ।

‘अक्सिजन तथा अन्य जटील समस्या भएपछि गाउँपालिकामा रहेको कोभिड अस्पतालमा पठाउने गरेका छौ’ उनले भने, ‘अन्य उपचार भने स्वास्थ्य चौकीमै गर्ने गरेका छौं ।’ स्वास्थ्य चौकीमा भौतिक पूर्वाधार अभाव र बेड नहुँदा भुुँइमा स्ट्रेचरमा राखेर बिरामीको उपचार गर्ने गरेको उनले सुनाए । ‘धेरै जटिल अवस्थामा बिरामीलाई मात्रै पठाउने गरेका छौं नभए यतै स्ट्रेचरमा राखेर उपचार गराइरहेका छौं’ खत्रीले भने ।

गाउँमा धेरै कोभिडका बिरामी भएपनि चेकजाँच गर्न नमान्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

कुनै गाउँबाट कोभिड अस्पतालमा हिँडेर जान दुुई दिनसम्म लाग्ने गरेकोले गाउँमै उपचार गनुपर्ने बाध्यता रहेको हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजबहादुर भण्डारीले बताए। गाउँमा कोरोना भाइरससँग मिल्दोजुुल्दो लक्षण भएका धेरै बिरामी रहेका छन् ।

बिरामी धेरै भएपनि चेकजाँच गर्न भने डराउने गरेको पाइएको छ। जिल्लाभरी कोरोनाका जस्तो लक्षण भएका बिरामी गाउँगाउँमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

‘गाउँमा कोरोनाका जस्तो मिल्ने लक्षण भएका बिरामी धेरै रहेका छन्, तर चेकजाँच भने भएको छैन’ खप्तडछेडेदह गाउँपालिका १ बस्ने धन रोकायाले भने, ‘धेरै जनाको त ज्वरो १ हप्तासम्म पनि सञ्चो भएको छैन ।’ बाजुरामा कोरोनाका कारण हालसम्म १२ जना मृत्यु भइसकेको छ ।

यस्तै १ हजार ७ सय २१ जनाको कोरोना परीक्षण गर्दा मंगलबारसम्म ६ सय ७९ जना संक्रमित देखा परेका छन् ।

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts