बुटवल लायन्स आँखा अस्पतालमा अक्सिजन बैंक सञ्चालनमा



Download our app to get more features
Spark_health_home Hotline number ads 2 government ads: swasthya mantralaya

रुपन्देही, १७ असार । लायन्स आँखा अस्पताल बुटवलमा अक्सिजन बैंक स्थापना भएको छ ।

कोरोना भाईरस महामारीको दोस्रो संक्रमण बढेसँगै संक्रमितले अक्सिजनको अभावमा ज्यान गुमाउनु परेकाले फेरी त्यस्तो परिस्थिती व्यहोर्नु नपरोस भनेर अस्पतालमा अक्सिजन बैंक सञ्चालन गरिएको हो ।

कोभिड–१९ को दोस्रो लहर क्रमशः घट्दै गएपनि सम्भावित तेस्रो भेरियन्टको सम्भावित जोखम बहन गर्न सहज होस भन्ने उद्देश्यले सञ्चालन गरिएको अक्सिजन बैंकको लागि नेपालकै प्रतिष्ठित कम्पनी ‘जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिज’ ले समेत ३ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको अस्पताल सञ्चालन गरेको लायन्स क्लव अफ बुटवलले जनाएको छ ।

कोरोना महामारीकै बिचमा उक्त क्लवले लायन्स ईन्टरनेशनल क्षेत्र घ र बुटवल उपमहानगरपालिकाले संयुक्त रुपमा सञ्चालन गरेको अक्सिजन बैंकमा अक्सिजन सहयोग गरेको थियो भने अस्पतालमा भर्ना भएर अक्सिजन नपाएका बिरामीको लागि समेत अक्सिजन आपूर्तिको लागि मध्यस्थता गरिएको क्लवका अध्यक्ष संजय कलवार जयसवालले बताए ।

हालैमात्रै स्थापना गरिएको उक्त अक्सिजन बैंकमा कम्तिमा एक सय सिलिण्डर अक्सिजन पु¥याउने लक्ष्य लिईएको छ । जसको लागि लायन्स, लायनेश र लियो क्लव अफ बुटवलले नेतृत्व गरेका छन् । उक्त कुरा बुधबार आयोजना गरिएको क्लवको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण समारोहमा जानकारी गराईएको हो ।

क्लवले दुई जना महिलालाई महिला उद्यमशिलता प्रवद्र्धनको लागि जनही २५ हजार रुपैंया प्रदान गरेको छ । गणेशमान सैंजु समृद्धिको लागि उद्यमशिलता कार्यक्रम अन्तरगत बुटवल उपमहानगरपालिका वडा नं. २ की सविता जिसी र बुटवल १ की विद्यालक्ष्मी शाक्यलाई अक्षयकोषबाट उक्त रकम प्रदान गरिएको हो । क्लवले विगत ५ वर्षदेखि उनीहरुलाई वार्षिक २५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

त्यस्तैगरी बृजनयन महिला अक्षयकोष कार्यक्रम अन्तरगत गरिव तथा विपन्न महिलाको मोतियाविन्दु शल्यक्रियाको लागि १० हजार रुपैंया प्रदान गरिएको छ । अक्षयकोषमा रहेको रकमको आउने व्याज गरिव तथा विपन्न महिलाको मोतिया विन्दु शल्यक्रियाको लागि लायन्स आँखा अस्पतालका अध्यक्ष रामेश्वरप्रसाद श्रेष्ठलाई प्रदान गरिएको हो ।

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts