के तपाईंको आँखा तिरमिराउने समस्या छ ? हेलचेक्र्याइँ नगर्नुस्



Download our app to get more features

सबै उमेर समुहका मानिसमा आँखाको दृष्टि धमिलो देखिने वा तिरमिर देखिने समस्या हुनसक्छ । यसलाई कतिपयले सामान्य सम्झेर हेलचेक्र्याईं गर्ने गरेको पनि पाइन्छ । यस्तो समस्या उमेर बढेसँगै बढी देखा पर्दछ । तर पछिल्लो समय कम उमेर वा बच्चा बेलादेखि नै आँखा धमिलो देखिने समस्या बढ्दै गएको छ । यस्तो समस्या किन देखिन्छ र कसरी जोगिने आँखा रोग विशेषज्ञ डाक्टर निशा श्रेष्ठका सुझाव:

यही कारणले मात्र आँखा धमिलो वा तिरमिराउने हुन्छ भन्ने छैन । यसका धेरै कारण छन् । यस्तो समस्या उमेर अनुसार फरक पर्न पनि सक्छ । तर चिकित्सकीय भाषामा अल्छे वा कमजोरी आँखा हुनु नै आँखा धमिलो हुने प्रमुख कारण हो ।

आँखा धमिलो हुँदा सामान्यतया यस्ता लक्षण देखिन्छन्:

  • सुरुसुरुमा आँखा चिलाउने ।   
  • आँखा दुख्ने ।   
  • आँखा रातो हुने ।  
  •  आँखा धमिलो हुने ।   
  • टाउको दुख्ने ।   
  • आँसु बगिरहने ।

आँखा धमिलो हुने कारण:

  • कमजोर आँखा ।  
  • आँखामा संक्रमण हुनु ।  
  • मोतिबिन्दु हुनु ।  
  • जलबिन्दु हुनु ।  
  • आँखाको पर्दामा चोटपटक लाग्नु वा अन्य समस्या आउनु ।  
  • आँखाको नशामा समस्या आउनु ।   
  • वंशाणुगत गुण ।

आँखा धमिलो हुनबाट जोगिने उपाय :

  • आँखालाई स्वस्थ राख्न सँधै सचेत हुने ।
  • सम्भव भएसम्म धुँवा धुँलोबाट बचाउने ।
  • उच्च रक्तचाप तथा चिनी रोगका बिरामीले समय समयमा आँखा परीक्षण गराउने ।   
  • मोतिबिन्दु लगायतका रोग लागेका लक्षण देखिए तुरुन्त उपचार गराउने ।  
  • स्वस्थ आँखा भए पनि कम्तिमा वर्षको एकपटक आँखाको परीक्षण गराउने ।   
  • सन्तुलित र स्वस्थ खानामा ध्यान दिने ।

आँखा संवेदनशील अंग भएकाले कुनै पनि समस्या आए हेलचेक्र्याईं गर्नुहुन्न । तुरुन्त परीक्षण गराई चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्छ । थोरै मात्र ध्यान नदिँदा पनि सदाको लागि दृष्टि गुम्न सक्ने खतरा हुन्छ । समयमै सचेत हुनु बुद्धिमानी हुन्छ ।

Last modified on 2021-07-01 10:21:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts