प्रदेश २ सरकारलाई सेभ द चिल्ड्रेनले दियो ७३ लाखभन्दा बढीको स्वास्थ्य सामग्री



Download our app to get more features

जनकपुरधाम, १८ असार । प्रदेश २ सरकारलाई सेभ द चिल्डे«नले ७३ लाखभन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कोभिड–१९ को संक्रमण न्युनिकरण तथा उपचार गर्न मद्दत पुग्ने उद्देश्यले सेभले ७३ लाख ५८ हजार बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । 

ती सामग्री प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतमार्फत् प्रदेश २ स्थित प्रादेशिक आपुर्ती व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरिएको हो । 

हस्तान्तरण कार्यक्रममा मुख्य मन्त्री राउतका साथै सामाजिक विकास मन्त्री नवल किशोर साह, मन्त्रालयका सचिव ईम नारायण श्रेष्ठ, प्रादेशिक आपुर्ती व्यवस्थापन केन्द्रका निर्देशक डा.प्रमोद यादव, स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा, स्वास्थ्य महाशाखाका प्रमुख डा. मुक्ती साह र मुख्य न्यायधिवक्ता दिपेन्द्र झा लगायतको उपस्थिति रहेको थियो ।

हस्तान्तरण गरिएका सामग्रीहरूमा आई भि स्ट्याण्ड सहितका आईसीयू बेड, भाईरल ट्रान्स्पोर्ट मिडियम, सीप्याप, बिप्याप, अक्सिजन कन्सन्ट्रेटर लगायत कोभिड –१९ उपचारका लागि अन्य  विभिन्न अत्यावश्यक स्वास्थ्य सामग्रीहरू रहेको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री नवल किशोर शाहले कोभिड १९ माहामारीको तेस्रो लहर आउन सक्ने सम्भावना रहेको बेला प्रदेश सरकारलाई सेभ द चिल्डे«नले गरेको स्वास्थ्य सामग्री सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

सेभ द चिल्ड्रेनले संघ र प्रदेश सरकारलाई कोरोना महामारीविरुद्धको लडाईमा निरन्तर सहयोग गर्दै आएको छ ।

सेभ द चिल्ड्रेन पूर्वाञ्चल फिल्ड कार्यालयका सह निर्देशक डा. अजय कान्त झाले स्वास्थ्य सेवा प्रणालीको सुदृढीकरणमा सहयोग गरी अत्यन्तै खाँचोमा रहेका जनसमुदायलाई सेवा दिलाउन सेभ द चिल्ड्रेन सँधै क्रियाशिल रहेको बाए ।

उनले कोभिड –१९ महामारीको शुरुवति क्रमदेखि नै संघ, प्रादेशिक तथा स्थानीय सरकारसँग हातेमालो गर्दै कोभिड –१९ विरुद्घको लडाईँमा आफ्ना नियमित तथा ग्लोबल फण्डको परियोजनाहरूमार्फत् सहयोग गर्दै आईरहेको पनि उल्लेख गरे । 

सेभ द चिल्ड्रेनले कोभिड –१९ को दोस्रो लहर शुरु भएसँगै प्रदेश २, बाग्मति प्रदेश, लुम्बीनी प्रदेश र कर्णाली प्रदेशका स्थानीय सरकार तथा अस्पतालहरूलाई आवश्यक स्वास्थ्य सामग्रीहरू सहयोग गर्दै आईरहेको छ । 

सेभ द चिल्डे«नका राष्ट्रिय निर्देशक जेनिफर साइदले भनिन्, “अहिलेको आवश्यकता भनेको जीवन बचाउने उपायहरू र संक्रमण रोकथामका साथै अस्पतालमा भएका बिरामीहरूको उचित उपचारका लागि आवश्यक सामग्री व्यवस्थापन हो । तर, हामीले कोभिड –१९ को दीर्घकालिन प्रभावका बारेमा पनि सोच्नु जरुरी छ ।”


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts