मेडिकल काउन्सिलको फन्दामा 'अगतिला चिकित्सक'

What's This?


Download our app to get more features

काठमाडौँ, २९ माघ
चिकित्सकीय आचारण विपरीत काम गर्ने चार जना चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले कार्वाही थालेको छ । 
उजुरी परेको आधारमा काउन्सिलले छानवीन सुरु गरी डा. देबी गुरुङ, डा. रञ्जितकुमार सिंह, डा. श्यामप्रसाद साह, र डा. दिलीपकुमार यादवमाथि कार्वाही थालेको हो । काउन्सिलको पुस ३० गते बसेको बैठकबाट छानवीन गर्दा त्रुटि भेटिएका चिकित्सकलाई कारबाही गर्ने निर्णय भएको थियो । कारबाहीमा परेका चार मध्ये तीन जनालाई सचेत गराईएको छ भने एक जनालाई ज्यान मुद्दा चलाउन सिफारिस गरिएको छ । 
चिकित्सकीय कार्य गर्न इजाजत प्राप्त नगर्दै डाक्टर दिलीप कुमार यादवले झापा चारआलीस्थित बुधबारे मनकामना अस्पतालमा २०७१ जेठमा १७ बर्षीया कविता लुहागुनको सुत्केरी गराउने क्रममा नवजात शिशुको मृत्यु भएको भन्ने उजुरी परेको थियो । सोही उजुरीका आधारमा छानवीन गर्दा दोषी ठहर भएका यादवलाई ज्यान मुद्दा चलाउन सिफारिस गरिएको छ । त्यस्तै काठमाडौँको परोपकार प्रसुतिगृहमा कार्यरत डा. देवी गुरुङलले कार्यालय सममयमा निम्स डायग्नोष्टिक सेन्टर थापाथलीमा गई सेवाग्राहीलाई छोरा बनाइदिन्छु भन्दै ठगि गरेको भन्ने उजुरी परेको थियो । तर छावनीनका क्रममा गुरुङले सो आरोप अस्विकार गरेपनि काउन्सिलले एकपटकका लागि सचेत गराएको भन्दै गल्ति दोहार्याए लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ ।  
त्यस्तै छानवीनको क्रममा देब्रे खुट्टाको घुडामुनिको भाग पञ्जासम्म सुकेर गएको र सो ठाँउमा प्लास्टिकको कभर जडान गरी सपोर्ट राखिएको व्यक्तिलाई निरोगिताको प्रमाणपत्र दिने डाक्टर साहलाई एकपटकका लागि सचेत गराएको छ । साहबाट सिफारिस पाउने व्यक्तिले सो प्रमाणपत्र सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि पेश गरेका थिए । 
उता डा. सिंहले मोरङ सुन्दरदुलारीका देब्रे आँखा नदेख्ने रघुनन्दन चौधरीको तथा लेटाङ ४ मोरङ कै किशोर कार्कीको निरोगिताको प्रमाणपत्र बनाइदिएका थिए । उनलाई पनि काउन्सिलले एक पटकका लागि सचेत गराएको छ । 
आचारण विपरीतका काम भएको थाहा पाएमा उजुरीनै नपरेपनि छानवीन गरि आवश्यक कारबाही अघि बढाउने र दोशी देखिएमा लाइसेन्स खारेजी समेत गर्न समेतको कार्वाही गरिने काउन्सिलले स्पष्ट पारेको छ । 


 

Last modified on 2016-02-12 15:55:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts