धनगढीमा मेडिकल सञ्चालकसहित २ जना पक्राउ



Download our app to get more features

धनगढी, २० असार । कैलाली प्रहरीले चिकित्सकको स्विकृती बिना औषधि खरिदबिक्री गर्ने २ जनालाई पक्राउ गरेको छ ।
 
आइतबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर १ एलएन चोक सडकखण्डमा र्साकलमा गइरहेका धनगढी–१३ का २१ वर्षीय सोमराज जोशीलाई अवैध औषधिसहित पक्राउ गरिएको थियो। प्रहरीले उनको साथबाट चिकित्सकको स्विकृती बिना खरिद गरिएको स्पास्मो २० ट्याब्लेट, पर्लिन–७५ का २ क्याप्सुल र प्रेग्यास्टार–१५० लेखेको १२ क्याप्सुल बरामद गरेको थियो । 

अनुसन्धानका क्रममा उनले ती औषधि धनगढी–१ स्थित अस्पताल लाइनमा रहेको सन्तोष मेडिको प्रालिबाट खरिद गरेको भन्ने जानकारी दिएका थिए ।
त्यसपछि कैलाली प्रहरीको टोलीले उक्त मेडिकलमा छापा हान्दा स्पास्मो २०२ टयाब्लेट, पर्लिन–७५ का २९७ क्याप्सुल र प्रेग्यास्टार–१५० का ६१५ क्याप्सुल फेला पारेको थियो ।
 
छापापछि प्रहरीले सोही मेडिकलमा काम गर्ने धनगढी–५ बस्ने २३ वर्षीय करन चौधरीलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।
 
उनका अनुसार बरामद औषधि र पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग नेपालगञ्ज पठाउने तयारी भइरहेको छ ।

Last modified on 2021-07-04 17:19:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts