२४ घन्टामा थप २९ जनाको कोरोनाका कारण मृत्यु, ५ सय ७२ जना आईसीयूमा उपचाररत



Download our app to get more features
Spark_health_home Hotline number ads 2 government ads: swasthya mantralaya

काठमाडौं, २४ असार । नेपालमा कोरोनाका कारण थप २९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ३ सय २०  पुगेको छ । यो दर कुल संक्रमितको १ दशमलव ५ प्रतिशत हो ।

यस्तै हाल नेपालभर सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय ४७ रहेको छ । जसमा २३ हजार ६ सय ९२ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७ सय ५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । 

यस्तै देशभर रहेका संक्रमितमध्ये ५ सय ७२ जना आईसीयूमा भर्ना छन् भने १ सय ५७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts