इराकको नासिरियास्थित एक अस्पतालमा आगलागि हुँदा ४१ जनाको



Download our app to get more features
Spark_health_home Hotline number ads 2 government ads: swasthya mantralaya

एजेन्सी, २९ असार । इराकको एक कोभिड अस्पतालमा आगलागि हुँदा ४१ जनाको मृत्यु भएको छ । 

इराकको दक्षिणभागमा रहेको नासिरियास्थित अल हुसेन अस्पतालको आइसोलेसन वार्डमा आगलागि हुँदा दुई जना स्वास्थ्यकर्मीसहति ४१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । 

वार्डमा ६० जना रहेकोमा १६ जनाको सकुसल उद्दार गरिएको छ ।

स्थानीय स्वास्थ्य प्रवक्ता हैदर अल जमिलले आगलागि नियन्त्रणमा आइसकेको र घाइते भएकाहरुको उपचार भइरहेको बताए ।

इराकमा यो घटना तीन महिनामा दोस्रो पटक भएको हो । यसअघि अप्रिलमा इराकको राजधानी बगदादमा कोरोना अस्पतालमा आगलागि हुँदा ८२ जनाको मृत्यु भएको थियो ।

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts