बागलुङ अस्पतालमा डाक्टरको अभाव



Download our app to get more features

बागलुङ, ३० साउन । बाग्लुङको धौलागिरी अस्पतालमा बिरामीको चाप बढ्दै जान थालेपछि दक्ष जनशक्तिको अभाव भएको छ ।

कोरोना महामारीकाबीच पनि सबै किसिमका सेवा प्रवाह गर्दै आएको अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको हो । दरबन्दी अनुसार मेडिकल अधिकृत, विशेषज्ञ र चिकित्सकहरु अस्पतालनमा नहुँदा सर्वसाधरण मारमा परेका छन् ।

कोरोनाको तेस्रो लहरको खतरा बढिरहेको बेला आइसियू र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक पर्ने मेडिकल अधिकृतको अभाव भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र पोखरेलले बताए ।

१६ जना स्थायी विशेषज्ञको दरबन्दी रहेकोमा अहिले एक जना मात्रै विशेषज्ञ डाक्टर कार्यरत छन् । यस्तै ६ जना स्थायी दरबन्दी रहेको मेडिकल अधिकृत मध्ये एक जना मात्रै अस्पतालमा रहेकोमा उनको पनि सरुवा भएपछि अहिले मेडिकल अधिकृत एक जना पनि छैनन् ।

Last modified on 2021-08-14 14:16:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts