मिस्टर नेपाल डाक्टरको पहिलो गाँसमै ढुङ्गा !



Download our app to get more features

सामान्यतया चिकित्सकको दैनिकी बिरामीको समस्या समाधानमै बित्ने गर्छ । अधिकांश चिकित्सको धेरै समय बिरामीसँग नै बितेको हुन्छ । उनीहरुको पेशा नै बिरामीको रोदन सुन्ने र उपचार गर्ने हो । तर सबै चिकित्सक आफ्नो पेशामा मात्र व्यस्त रहेका हुँदैनन् । आफ्नो क्षमताले भ्याएसम्म अन्य क्षेत्र र विधामा पनि सक्रिय भएका हुन्छन् । 

चिकित्सा पेशा बाहेक अन्य क्षेत्रमा आफ्नो क्षमता प्रस्तुत गर्ने चिकित्सक हुन् डा. रुपक घिमिरे । स्याङ्गजा जन्मथलो भएर तनहुँमा हुर्केका घिमिरेले काठमाडौंको ग्योलेक्सी पब्लिक स्कुलबाट एसएलसी पास गरेका थिए । काठमाडौं विश्वविद्यालय धुलिखेलबाट एमबिबिएस पूरा गरेपछि उनले कलेज अफ् मेडिकल साइन्स भरतपुरबाट एमडी अध्ययन गरेका हुन् । उनी चिकित्सकीय पेशा बाहेक मोडलिङ क्षेत्रमा पनि अब्बल ठहरिएका छन् । प्लस टु पढ्दा यस क्षेत्रमा लाग्ने रुचि जागेको उनी बताउँछन् । 

उनी भन्छन्, ‘प्लसटुको फाराम भर्दा नै मेले आफ्नो लक्ष्यबारे माई एम इज टु वि अ डाक्टर एण्ड एक्टर लेखेको थिएँ ।’ 

रहरले जागेको मोडलिङ क्षेत्रमा उनले ठुलो सफता पाए जब ‘मिस्टर नेपाल २०११’ को टाइटल जित्न सफल भए । उनले हालसम्म सामसुङ्ग, पशुपति पेन्टस्, यामाहा, मायोज चाउचाउ, रमपम चाउचाउ लगायत करिव एक दर्जन विज्ञापनमा अभिनय गरिसकेका छन् । यस बाहेक बालबालिकाको विषयमा बनाइएको चलचित्र चकलेटमासमेत अभिनय गरेर आफ्नो क्षमता प्रस्तुत गरीसकेका छन् । चलचित्रमा अभिनयको अफर आएपनि आफू सुहाउँदो भूमिका नपाएको उनी बताउँछन् ।

‘मोडलिङ्ग क्षेत्रमा लागेपनि धेरै समय बिरामीसँग बिताउछु ।’ डा. घिमिरेले भन्छन्, ‘चिकित्सा पेशालाई व्यवसायिक रुपमा लिन्छु र मोडलिङलाई रुचीको रुपमा लिन्छु ।’
‘डाक्टरसाब हिरो हुनुहुन्छ, आफू मात्र हिरो बन्ने ? हामीलाई पनि गोरो बनाएर हिरो बनाइदिनुस्’ भन्दै उपचारमा आउने बिरामीले जिस्क्याउने गरेको डा. घिमिरेको अनुभव छ । 
सर्जरीतिर लागेको भए धेरै विश्वास हुने थिएन होला । तर कस्मेटिक आफैंमा ग्ल्यामर क्षेत्र हुँदा सहज भएको उनी बताउँछन् ।  
मिस्टर नेपाल हुनु फाइदा बेफाइदा दुवै रहेको उनको अनुभव छ । डा. रुपकसँग भन्दा पनि मिस्टर नेपालसँग जँचाएर आएको भन्ने कुरा सुन्दा गर्व लाग्ने उनले बताए । 

कसरी भए मिस्टर नेपाल

मोडलिङ क्षेत्रमा इच्छा भएपनि उनले पढाइको बोझले थिचिरहयो । तर पनि उनी मौका खोजीबाट भने पछाडी हटेका थिएनन् । एमडी गर्ने क्रममा साथीको फेसबुकमा मिस्टर नेपाल २०११ को दर्ता खुलेको थाहा पाएपछि उनलाई यो क्षेत्रमा फड्कको मार्ने ढोका खुलेको हो । तर पनि एमडीको पढाइ छाडेर हाम फालेर पढाइ बिगार्न उनलाई ठुलौ चुनौतीको विषय थियो । त्यसैले आमाबाबुसँग सल्लाह गर्नु भन्दा पहिला उनले प्रोफेसर डा. महेश माधुरसँग कुरा राखे । डा. माधुरले पढाई नबिगार्ने सर्तमा भाग लिन अनुमति दिए । 

डा. घिमिरे भन्छन् ‘जित्छु भन्ने मलाई आत्मविस्वास थियो, त्यसैले मैले भाग लिएँ र सफलता मिल्यो ।’ 

मिस्टर नेपालमा सहभागी हुन छ हप्ताको तालिम लिनु पर्ने रहेछ । उनले एमडी गर्दै गरेकाले पढाई छाड्न नमिल्ने भन्दै दुई हप्ताको मात्र तालिममा सामेल भएका थिए । दुई हप्ताको तालिमले आफू भित्रको क्षमता प्रस्तुत गर्न सक्ने विश्वास दिलाएपछि आयोजक पनि सहमत भए र उनी प्रतियोगितामा सहभागि हुने निश्चित भयो । 

त्यहि आत्म विश्वासले उनलाई मिस्टर नेपाल बनायो । तर मिस्टर नेपालको टाइटल जित्नु उनका लागि पहिलो गास मै ढुङ्गासरह भयो । आफू भित्रको क्षमता प्रस्तुत गरी टाइटल जित्न सफल भएका थिए । एउटा डाक्टर दुई हप्ताको तालिमले कसरी टाइटल जित्न सक्छ भन्दै नाम घोषणा हुनासाथ स्टेज मै उनको आलोचना भयो । 

टाइटल जित्दाको क्षण सम्झदै डा. घिमिरे भन्छन् ‘जब मिस्टर नेपाल २०११ को नाम घोषण भयो, मलाइ पहिलो गाँस मै ढुङ्गा लागेको जस्तो भयो ।’ 

तर उनको क्षमतामा प्रश्न गर्दै उपाधिको विरोधले उनलाई उर्जा थपेको छ । टाइटल जितेर हराउनु हुँदैन, मैले केही गरेर देखाउनु पर्छ भन्ने उनलाई महसुस गरायो । ‘विरोध हुनु मेरा लागि फाइदा जनक भयो’ डा. घिमिरेले भने, ‘मिडिया क्षेत्रमा केही गर्नुपर्छ भन्ने धारणा विरोधले जन्मायो ।’ 

डा. रुपक घिमिरे छाला रोग विशेषज्ञ तथा हेयर ट्रान्सप्लान्ट सर्जन हुन् । तर उनी मिडिया क्षेत्रमा भने आयुषमान घिमिरेका नामले परिचित छन् । 

 


 

Last modified on 2017-06-11 17:45:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts