नुवाकोटको त्रिशुली अस्पतालमा विस्तारित सेवा शुरु



Download our app to get more features
Spark_health_home

नुवाकोट, २३ भदौ । नुवाकोटको त्रिशुली अस्पतालले विस्तारित सेवा सुरु गरेको छ । गत शुक्रबार आस्पतालले एक विज्ञप्ति जारी गर्दै आस्पतालले विस्तारित सेवाको औपचारिक रुपले सुरु गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपानेले बताए । 

त्रिशुली अस्पतालमा सेवाग्राहीको चापलाई व्यवस्थित गर्न र सहज रुपमा सेवा प्रदान गर्न हाल बिहान १० बजेदेखि दिउँसो ३ ः ३० बजेसम्म मात्रै सेवा प्रदान गर्दै आएको अस्पतालले अब साँझ ७ बजेसम्म स्वास्थ्य परीक्षण र सेवा प्रदान गर्ने अध्यक्ष न्यौपानेले बताए । 

कार्यालय समयभित्र उपचारका लागि समय मिलाउन अप्ठ्यारो भएका र व्यस्तताका कारणले बिहान तथा दिउँसो उपचार सेवा लिन नसक्नेहरुलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विस्तारित अस्पताल सेवा कार्यविधि अनुसार विस्तारित सेवा सुरु गर्न लागिएको हो’, अध्यक्ष न्यौपानेले भने, ’अबदेखि नियमित सेवा लिन चाहने सेवाग्राहीहरुले बिहान ९ः०० बजे देखि दिउँसो १२ः०० बजेसम्म र विस्तारित सेवा लिन चाहने सेवाग्राहीहरुले बिहान १०ः०० बजेदेखि साँझ ५.०० बजेसम्म नाम दर्ता गरी सेवा लिन सकिने व्यवस्था मिलाइएको छ ।’ 

अस्पतालको नियमित तथा विस्तारित सेवामा साधारण स्वास्थ्य समस्या, मेडिसिन, बालरोग, स्त्री तथा प्रसुती, सर्जरी, हाडजोर्नी लगायतका विभिन्न विधाका उपचार सेवा उपलब्ध हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले जानकारी दिए । 

विस्तारित सेवा लिनको लागि अस्पताल परिसरमा नै टिकट काउण्टरको व्यवस्था गरिएको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म १०५६०२३१ मा फोन गरेर पनि टिकट काट्न सकिने अस्पताल प्रशासनले जनाएको छ ।
 
आस्पताल पेपर लेस प्रविधिमा जाँदै छ: अध्यक्ष न्यौपाने
पछिल्लो समय भौतिक संरचना लगायत जनशक्ति व्यवस्थापनमा सुधार गर्दै लगेको अस्पतालले आगामी दिनमा बिरामीको विवरण र प्रशासनिक कामहरु सबैलाई कम्प्युटर प्रणालीमा लैजाने भएको छ ।  

आस्पताल पेपर लेस प्रविधिमा गएसँगै बिरामीहरुलाई स्वास्थ्य सेवा लिन सहज हुने र कागज बोकेर यताउता भौतारिनु नपर्ने  अस्पताल व्यवस्थापन समितिका अध्यक्ष  न्यौपानेले बताए ।

Hamro Doctor
alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts