यस्तो बनोस् हाम्रो अस्पताल ! भरतपुर अस्पतालको समग्र विकासका लागि पौडेलको १४ सुझाव

What's This?


Download our app to get more features

चितवनस्थित भरतपुर केन्द्रीय अस्पताल देशकै मध्यभागमा अवस्थित छ । यस अस्पतालमा चितवनसहित १९ भन्दाबढी जिल्लाका बिरामी उपचारको निम्ति आउने गर्दछन् । अस्पताल हाक्ने मुख्य जिम्मा पाएका मेडिकल सुपरिटेण्डेन्ट गत वर्षयता औसत २ महिना भन्दा टिकेनन् । यसले अस्पतालको दिगो विकास निर्माणका काम र गुणस्तरीय सेवामा समेत प्रभाव पारेको छ । 

अहिले प्रा.डा. कृष्ण पौडेल दोस्रो पटक अस्पतालको मेसुमा नियुक्त भएका छन् । उनी चितवनकै स्थानीय हुन् ।सोही अस्पतालमा लामो समयदेखि कार्यरत उनी यस अस्पतालको समस्या, विकास निर्माणको अवस्था र गुरू योजनालगाएतका समग्र विषयमा निकै जानकार समेत छन् ।

उता भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी समेत लामो समयदेखि सोही अस्पतालमा कार्यरत छन् । उनी समेत चितवनकै स्थानीय हुन् । उनी पनि अस्पतालका हरेक समस्या र अवस्थाप्रति जानकार छन् । दुवै जना प्रति सबैको आशा र भरोसा छ । त्यसलाई अब प्रमाणित गरेर देखाउने चुनौती र अवसर दुवै जनामा एकपटक आएको छ । यो अवसर नगुमोस् ।

यसो गर्न सके कसो होला ?

१.सुन्दरता सबै भंदा पहिलो पक्ष हो तेसैले अस्पताल परिसर सफा राख्न – अस्पताल बाट निस्किएको फोहोरलाई यत्रतत्र नथुपारने र थुपारिने ठाऊ  व्यवस्थित गर्ने ।
२. नाली , सौचालय सधै सफा र दुरुस्त राखने ।
३. हरेक भवनमा उम्रिएका बर पीपल र झारहरु उखेल्ने । 
४. व्यवस्थित parking का लागी हाल पार्किंग तोकिएको र बार लगाइएको सबै ठाउमा मोज्याक टायल लगाई एम्बुलेन्स र अन्य सवारी साधन पार्किंग गराउने ।
५. देशकै प्रतिष्ठित अस्पताल भएकोले प्रशासन भवन जाने बाटो , प्रशासन परिसर वरिपरीको बगैचा सुन्दर बनाउने , आन्तरिक सजावट आकर्षक गराउने र चिकित्सक र कर्मचारीहरुका सवारी साधनको व्यवस्थित पार्किंग गराउने । 
६. सम्भव भए अस्पताल परिसरको कम्तिमा १०० मीटर वरपरको बाहिरी क्षेत्र  सफा राख्ने र राख्न लगाउने ।
७. बीमा र अन्य बिरामीका लागी अलग अलग फार्मेसी बनाउने, साझालाई आधार मानी कम्तिमा ४ हजार प्रकारका औषधि र सर्जिकल सामग्रीको टेण्डर आह्वान गर्ने । टेण्डरभरेर ८५ प्रतिशत औषधि उपलब्ध  नगराउने (१००% असम्भव विविध कारण) आपुर्तीकर्तालाई कारवाही गर्ने । 
८. आधुनिक प्रबिधीको पूर्ण रुपमा प्रयोग हुनेगरि दक्ष जनशक्ति व्यवस्थापन गरि  बिरामीलाई सुविधा उपलब्ध गराउने ।
९. ओ पी डी टिकट अनलाइन गराउने, ल्याबको रिपोर्ट मोबाइलमा पठाउने ।
१०. जनशक्तिको ब्यबस्था मिलाई इमर्जेंसी जस्तै भिडीयो एक्सरे, इंडोस्कोपी, इसीजी, एक्सरे, सिटीस्क्यान जस्ता सेवाहरु चौबिसै घण्टा चालु राख्ने । 
११. नेपाल सरकारको छात्रबृति कोटामा अध्ययन गर्नु भएका र थप MDGP चिकित्सकको दरबंदि माँग गरि ओपीडी सेवा बिहान ८ बजे बाट सुरु गर्ने र विशेषज्ञ चिकित्सक लाई देखाउनु पर्ने बिरामीलाई मात्र सम्बन्धीत चिकित्सकलाई रिफर गर्ने ( अस्पताल भित्रै )। यो सेवा अतिरिक्त सुविधा दिएर बेलुका ५ बजे सम्म गराउने ।
१२. अतिरिक्त समयमा छिटो सुविधालिन चाहने बिरामीको लागि व्यवस्थित EHS सेवा उपलब्ध गराउने र सम्बन्धीत चिकित्सक, नर्स र अन्य टीमलाई अतिरिक्त आकर्षक सुविधा उपलब्ध गराउने ।
१३. चिकित्सक र कर्मचारीका लागि व्यवस्थित आवासको सुरुवात गर्ने ।
१४. अध्यक्ष र मेसुले हरेक ठाऊमा आफ्नो उपस्थिति नजनाउने, निती नियम र कार्यक्रम बनाउने , निर्णय गर्नु अघि एकपटक घुडामा चिउडो राखेर सोच्ने अनि सम्बन्धीत जिम्मेवारी तोकिएका चिकित्सक र कर्मचारीबाट काम गराउने अनि सबैको गुनासा र सुझाव ग्रहण गर्ने ।

यति गर्न सके बिरामीले सुविधा र उपचार दुवै पाउने छन् । तपाईंहरुको नाम र इज्जत बढ्छ । हामीले हाम्रो अस्पताल भनेर गर्व गर्न पाउनेछौं ।

(अस्पतालका अभिभावक समेत रहेका पौडेल, औषधि व्यवसायी हुन्)

Last modified on 2021-09-01 12:26:28

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts