भरतपुर अस्पतालका बास्तोलाको कविता 'पीपीई र स्वास्थ्यकर्मी'



Download our app to get more features
Spark_health_home Hotline number ads 2

पीपीई, तिमीसँग साइनो खै के राखौं,
संसारै बचाएको छौं, आफ्नै भरमा ।।

महामारी छ, तिमी नभई हुँदैन मलाई,
तिम्रै उपस्थितिले हौसला बढेको छ, र त गर्छु, बिरामीको भलाई ।।

औषधिले मात्र त के होला र खासमा,
तिमी नभई यो मन मान्दैन साथमा ।।

तिम्रो मेरो गहिरो सम्बन्ध, पानीसँगै असिना आए झै,
किन ल्याउछौ शिरदेखि पाउँसम्म पसिना ।।

यो महामारिमा चौबीसै घन्टा तिमीसँगै हुने (नर्स, डा. र पारमेडिक्स, सरसफाइकर्मी) को बेथा बुझ्ला  कसले ?

तिमिले त बुझ्दैनौ अरु त सबै हेर्ने दर्शक नै त  हुन्, जलेको मन देख्ने कसले ?

त्यसैले त कहिलेकाहीँ तिमिलाई  लाग्दैन यो मन हेरिरहन,
परिवेश हेर्छु परिवार सम्झन, र  पो बाध्य छु तिमिलाई पहिरन ।।

र अन्त्यमा तिम्रो र मेरो यो बेतालको सम्बन्ध छिट्टै अन्त्य होस 
मेरो कामना ।।

संसारका हरेक घर घरमा कोभिड १९ ले छाडेको देख्न पाइयोस, शुभकामना ।।
                                  
(लेखक बास्तोला भरतपुर अस्पताल चितवनमा कार्यरत छन्)

Hamro Doctor
Last modified on 2021-05-29 15:09:23

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>
Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts