फार्मेसीमा गैर फर्मासिस्ट राख्नु हुँदैन भन्ने अभियानमा लागेका डा.बसेलको गलत मनसायले सरुवा

चितवन, ८ जेठ । फार्मेसी स्टोरमा गैर फर्मासिस्टलाई राख्नु हुँदैन भनेर अभियानमा लागेका भरतपुर अस्पतालका डा.शैलेश बसेललाई सरुवा गरिएको छ ।
फार्मेसी पेशागत हकहितका लागि शान्तिपूर्ण धर्ना कार्यक्रमका संयोजक डा.बसेललाई सरुवा गरिएको हो ।
चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका, २०७१ (संशोधनसहित) बमोजिम भरतपुर अस्पतालको फार्मेसी अधिकृत सातौं तह (करार) मा कार्यरत डा.बसेललाई स्वास्थ्य सेवा विभागले कामकाजमा खटाउने गरि सरुवा गरेको हो ।
डा. बसेल ‘जहाँ औषधि त्यहाँ फर्मासिस्ट’ भन्ने विश्वव्यापी नाराको अक्षरसः कार्यान्वयन गर्नुपर्ने, फार्मेसी व्यवस्थापनका लागि प्रमुख मेसु समक्ष पेश गरिएको भ्रमण अध्ययन प्रतिवेदन तत्काल लागू गर्नुपर्ने, अस्पताल फार्मेसी स्टोरको जिम्मेवार पदमा नन–फर्मासिस्ट राख्न पाइँदैन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको फार्मेसी जनशक्तिको कार्यविवरण अनुसारको जिम्मवारी तत्कालै दिनुपर्ने लगायतका विभिन्न माग राखी अभियानमा लागेका छन् ।
तर, पटकपटकको सम्झौतापछि पनि आफ्नो माग पूरा नभएको भन्दै बिना जानकारी सरुवा हुँदा डा.बसेलले शंका व्यक्त गरेका छन् ।
उनले मन्त्रालयले अस्पताल फार्मेसीमा रहेका नन–फर्मासिस्टको प्रभावमा आएर आफ्नो सरुवा गरेको भन्दै आफ्ना माग तत्काल पूरा गर्न पनि भनेका छन् ।
उनले फार्मेसी सञ्चालन निर्देशिका ऐन, नीति, कार्यविधि विपरित हुने कुनै अन्य पेशाका पेशाकर्मीलाई फार्मेसी जस्तो संवेदनशिल शाखामा राख्नु गैर कानूनी रहेको बताएका छन् ।
डा. बसेलले राम्रो मागमा पनि अस्पताल प्रशासनले वेवास्ता गरेको पनि उल्लेख गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
Related Posts







































