'स्निफर डग'ले सुँघेरै संक्रमित पत्ता लगाउने वैज्ञानिकको दाबी



Download our app to get more features
Spark_health_home Hotline number ads 2

बीबीसी, १० जेठ । कोरोना भाइरस पत्ता लगाउन अब कुकुरको सहयोगबाट सकिने वैज्ञानिकको दाबी गरेका छन् ।  कोभिड १९ भए/नभएको पत्ता लगाउन सकिने बारेमा वैज्ञानिकले अध्ययन गरेका हुन्।
अहिलेसम्म उपयोगी र भरपर्दो विधि भनेको आरटी पीसीआर परीक्षण थियो ।  केही देशमा कोभिड १९ संक्रमण भए नभएको थाहा पाउन एन्टिजेन विधिका साथै कोरोना टेस्टिङ किटको समेत प्रयोग हुँदै आइरहेको छ । 

सोमबार प्रकाशित एक अनुसन्धान रिपोर्ट अनुसार कोरोना संक्रमित भएका मानिसमा अन्य समयभन्दा भिन्न बास्न आउने गर्छ। विशेष तालिम प्राप्त कुकुरले त्यसलाई सुँघेर कोभिड १९ पहिचान गर्न सक्ने दाबी वैज्ञानिकहरुले गरेको 'द गार्डियन'ले उल्लेख गरेको छ। यस विषयमा पियर रिभ्यूु र थप ल्याब टेस्टिङ हुन भने बाँकी रहेको जनाइएको छ।  

ट्रायलका रुपमा गरिएको अनुसन्धानका क्रममा संक्रमित व्यक्तिबाट आउने बास्ना कुकुरले थाहा पाउने तर मानिसको नाकले भने थाहा नपाउने देखिएको हो। बीबीसीका अनुसार यो अनुसन्धान थप पुष्टि भएको खण्डमा विमानस्थल र ठूलो जमघट हुने क्षेत्रमा कुकुरको प्रयोग गरी कोभिड १९ परीक्षण गर्न सकिनेछ।

कोरोना परीक्षणका लागि ६ वटा कुकुरहरुलाई १० हप्ता प्रशिक्षण दिइएको थियो। उनीहरुलाई कोरोना संक्रमित व्यक्तिहरुको मोजा, फेस मास्क, टि सर्टहरु सुँघ्न दिइएको थियो। अनुसन्धानका क्रममा कुकुरहरुले दिएको नतिजाबाट वैज्ञानिकहरु आशावादी देखिएका छन्। अनुसन्धानको क्रममा प्रयोग गरिएकाुस्निफर डगु हरुले ८८ प्रतिशत कोरोना भाइरस केसहरु पत्ता लगाएको बताइएको छ। कुकुरहरुले सुँघेर केही सेकेन्डमा नै कोरोना संक्रमण पत्ता लगाएका थिए। साधरणतय पीसीआर परीक्षण गर्दा आधा घण्टादेखि ४/५ घण्टासम्म लाग्ने गर्छ।

यद्यपि, अनुसन्धानका क्रममा कुकुरहरुले १४ जना संक्रमण नभएकाहरुलाई पनि पोजेटिभ देखाएका थिए। त्यसैले अनुसन्धानकर्मीहरुले कुकुरबाट मात्रै कोरोना परीक्षणको काम गराउन भने नसकिने समेत बताएका छन्। विमानस्थल लगायत धेरै जमघट हुने क्षेत्रमा भने कुकुरबाट मास स्क्रिनिङ गराउन सकिने र कुकुरले पत्ता लगाएका व्यक्तिलाई अनिवार्य पीसीआर टेस्ट गराउन सकिने वैज्ञानिकहरुले बताएका छन्।

विभिन्न अनुसन्धानहरुमा कुकुरहरुले सुँघेर व्यक्तिको बास्नाबाट क्यान्सर, पार्किन्सन र मलेरिया जस्तो रोग समेत पत्ता लगाउने सक्ने देखिएको छ। 

Hamro Doctor
Last modified on 2021-05-24 17:23:33

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts