आयुर्वेदिय गुण भएको ल्वाङ्ग चियाका यस्ता छन् फाइदा  



Download our app to get more features

तपार्ईं हामी दिनको सुरुवात चिया वा कफीबाट गर्ने गर्छौं ।

चिया पिउदा कसैले अदुवा राखेर पिउन मन पराउँछन् भने कसैले ग्रीन टी पिउन मन पराउँछन् । त्यति मात्र नभई कसैले ब्ल्याक टी पिउन रुचाउँछन् भने कसैले लेमन टी रुचाउँछन् । तर, के तपाईंले ल्वाङ्ग राखेको चिया कहिल्यै पिउनु भएको छ ? ल्वाङ राखेको चियाले चियाको तलतल मात्रै मेटाउँदैन स्वास्थ्यका लागि पनि उत्तिकै फाइदा गर्छ ।

यदि तपाईं पनि चियाको शौखिन हुनुहुन्छ र बिहानै चिया पिएर दिनको सुरुवात गर्न चाहनु हुन्छ भने अबदेखि ल्वाङ्ग राखेर चिया पिउने बानी बसाल्नुहोस् । किनकी ल्वाङ राखेर चिया पिउनाले औषधि समान काम गर्छ । 

ल्वाङ्ग चियाका फाइदा 
— गिजामा समस्या छ भने ल्वाङ्ग हालेको चिया पिउनु फाइदाजनक हुन्छ ।  हालेको चिया नियमित सेवन गर्नाले गिजा र दाँतसँग सम्बन्धित समस्यामा राहत मिल्छ । यसले मुखमा भएको ब्याक्टेरिया पनि नष्ट गर्छ ।

— अहिलेको समय कोरोनाको हो । कोरोनाले तपाईंको छातीमा समस्या हुनसक्छ । त्यसका लागि तपाईंले डाक्टरको सल्लाहमा एक्स रे गराएर औषधि सेवन गर्नु पर्छ । तर, छाती दुखाईमा ल्वाङ्ग राखेको चिया पिउनु फाइदाजनक हुन्छ । यसले कफ सफा गर्न सहयोग गर्छ ।

— ल्वाङ्गमा म्याग्नेसियम पाइन्छ । जसले ब्याक्टेरियल इन्फेक्सनबाट जोगाउँछ । साथै इम्यूनिटी पनि बढाउँछ ।

— ल्वाङ्ग चिया पिउनाले पेट सम्बन्धी समस्यामा पनि राहत मिल्छ । यदि तपाईंमा एसिडिटी र पेट दुख्ने समस्या छ भने ल्वाङ चियाको प्रयोग फाइदाजनक हुन्छ । 

–ल्वाङ्ग एक आयुर्वेदिक गुण भएको तत्व हो । छालाको लागि पनि ल्वाङ्ग निकै फाइदाजनक मानिन्छ । नियमित ल्वाङ्ग चिया पिउनाले छालासँग सम्बन्धित समस्यामा ठीक भएर जान्छ ।

Last modified on 2021-06-10 10:36:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts