ईशान बाल अस्पतालद्वारा कोरोना संक्रमित बालबालिकाका लागि कोभिड वार्ड सञ्चालनमा

Download our app to get more features
काठमाडौं, ६ जेठ । ईशान बाल अस्पतालले कोरोना संक्रमित बालबालिकाका लागि आइसोलेसन वार्डको स्थापना गरेको छ ।
पछिल्लो समय कोरोनाको दोस्रो लहरले बालबालिका पनि संक्रमित हुन थालेपछि अस्पतालले जनरल, एचडीयू र आईसीयूसहितको भेन्टिलेटर बेड छुट्याएर सेवा दिँदै आएको छ ।
अस्पतालका प्रमुख डा. आर.पी चौधरीले अस्पतालमा कोरोना संक्रमित बालबालिकाका लागि ६ वटा जनरल बेड, ५ वटा एचडीयु र आईसीयूसहितको भेन्टिलेटर ४ वटा बेड रहेको बताए ।
उनले पछिल्लो समय बालबालिकामा पनि कोरोना संक्रमण देखिन थालेपछि १८ वर्ष मुनिका बालबालिकाका लागि अस्पतालमा आइसोलेसनसहितको बेडहरु छुट्याइएको र सेवा दिन थालिएको बताए ।

वैशाख २५ बाट कोभिड आइसोलेसन वार्ड सञ्चालनमा आएको र हालसम्म ८ जना कोरोना संक्रमित बालबालिका स्वस्थ भएर घर फर्केको पनि डा.चौधरीले जानकारी गराए ।
Last modified on 2021-05-20 10:55:55
फेसबुकबाट तपाईको प्रतिक्रिया
Related Posts

































