सरकारले पनि मनायो विश्व क्षयरोग दिवस

पारदर्शी बन्न दातृ निकायलाई मन्त्रीको आग्रह



Download our app to get more features

भक्तपुर, ११ चैत्र । क्षयरोग अन्त्यका लागि सबै संगठित होऔं भन्ने नाराका साथ नेपाल सरकारले पनि विश्व क्षयरोग दिवस मनाएको छ ।
क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरमा बिहीवार कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा स्वास्थ्यमन्त्री रामजनम चौधरीले क्षयरोग नियन्त्रणका लागी सबैभन्दा पहिले गाउँ गाउँसम्म जनचेतना बिस्तार गर्नुपर्नेमा जोड दिए । सरकारले क्षयरोग उन्मुलनको लागी विशेष प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरेको उनको दावी छ । 

मन्त्री चौधरीले स्वस्थ्य नेपाल बनाउन निजी क्षेत्र र अन्तर्राष्ट्रिय दातृ निकायको सहयोग अत्यावश्यक  रहेकाले उनीहरुलाई पारदर्शी बन्न आग्रह गरे । 
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. विकास लामिछानेले नेपालमा जनचेतनाको अभाव, रोग लुकाउने प्रवृत्तिका कारण अझै हजारौं बिरामीलाई उपचारको पहुँचमा ल्याउन नसकिएको बताए । विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. जोस ब्लेट्रिले क्षयरोग न्यूनिकरणका लागि नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । 

विश्व स्वास्थ्य संगठनले सन २०३५ सम्ममा विश्वभरबाट क्षयरोग उन्मुललन गर्ने लक्ष्य लिएको छ ।  यद्यपी अहिले पनि नेपालमा क्षयरोगका कारण वषेर्नी ४ देखि ५ हजार मानिसले ज्यान गुमाउँछन् ।

Last modified on 2016-03-24 18:59:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts