के पुरुषमा प्रजनन् स्वास्थ्यको समस्या हुँदैन ? यसो भन्छ अध्ययन



Download our app to get more features

एजेन्सी, ६ कात्तिक । प्रजनन् स्वास्थ्य भनेको महिला र पुरुष दुबैका लागि महत्त्वपूर्ण हुन्छ । किनकी महिलामा मात्रै प्रजनन् क्षमता हुँदैन । पुरुषमा पनि हुन्छ । त्यसकारण महिलामा मात्रै प्रजनन् स्वास्थ्यसँग सम्बन्धित समस्या आउँछ भनेर सोच्नु गलत हो ।

नेपाली समाजमा प्रजनन्सँग सम्बन्धी समस्या भयो भने सबैभन्दा पहिले महिलालाई बुुझ्ने परम्परा छ । तर, हालै गरिएको एक अध्ययन अनुसार विश्वमा ५५ प्रतिशत पुरुष प्रजनन् स्वास्थ्य समस्याबाट पीडित भएका छन् । 

डेनमार्कको आरहुस यूनिभर्सिटीका प्राध्यापक एनी थोरस्टेडका अनुसार खराब वातावरण भ्रुणको स्पर्म उत्पादन र प्रजनन् अङ्गको विकासका लागि हानिकारक हुन सक्छ ।

कम तौल भएर जन्मिने बच्चामा ठूलो भएपछि फर्टिलिटीको समस्या हुने गरेको लण्डनले गरेको अध्ययनमा पाइएको छ । अध्ययनमा सामान्यदेखि १० प्रतिशत कम तौल भएका ५५ प्रतिशत मानिसमा यो समस्या भएको पाइयो । जुन अध्ययनमा महिलालाई सहभागि गराइएको थिइएन ।

रिसर्च टीमका अनुसार यस अध्ययनमा कस्ता स्वास्थ्य समस्या भएकालाई सहभागि गराइयो त्यो पनि महत्वपूर्ण रहेको छ ।

प्राध्यापक थोरस्टेडले गर्भवति महिलाले धूम्रपान गर्ने गरेको अवस्थामा त्यसको प्रत्यक्ष असर गर्भमा रहेको शिशुमाथि पर्न जान्छ । शुरुआतमै बच्चामाथि यसको असर नदेखिएपनि लामो समयपछि बच्चाको शरीरमा यसको गलत असर देखिन थाल्छ । 

अध्ययनमा १९८४ देखि १९८७ का बीचमा जन्मेका ५ हजार ५ सय ९४ जना पुरुषलाई सहभागि गराइएको थियो ।

अध्ययनकर्ताले ८ दशमलव ३ प्रतिशत मानिसको तौल आफ्नो जन्मको समय २ दशमलव ८ किलोग्राम थियो उनमा पछि गएर प्रजनन् स्वास्थ्यको समस्याबाट गुज्रिनु परेको थियो । आरहुसका अध्ययनकर्ताका अनुसार अध्ययनमा सहभागि सबै सहभागि अहिले ३० देखि ४० उमेर समूहका छन् ।
 

Last modified on 2021-10-24 06:55:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts