यौन स्वास्थ्यका बारेमा महिलाले जान्नैपर्ने कुराहरु...



Download our app to get more features

आफूले गर्ने दैनिक क्रियाकलाप र आनीबानीका कारण नै हरेक मानिस विभिन्न रोगको सिकार हुने गर्छन् । खानपान, सरसफाइ र व्यायाममा उचित ध्यान नदिँदा रोगको संक्रमणमा पर्ने कुरामा कसैको फरक मत हुन सक्दैन । मानसिक रुपमा स्वस्थ रहन मानिसलाई आवश्यक पर्ने विभिन्न कुराहरुमध्ये यौन स्वास्थ्य पनि एक हो । 

यौनका बारेमा महिला पुरुष दुवैले सर्तकता नअपनाएर भयानक रोगको सिकार हुने संभावना पनि उत्तिकै हुन्छ । अझ यौनका बारेमा महिलाले थाहा पाउनुपर्ने कुराहरु महत्वपूर्ण हुन्छ । किनकी आम मानिसमा पुरुषका कारण नै महिलामा विभिन्न यौन रोग र समस्या आउने गलत बुझाइ रहेको छ । तर, यौन स्वास्यका बारेमा महिलाले पनि केही कुरामा उचित ध्यान दिन जरुरी छ । 

यौन अंगको सरसफाई
अधिकांश महिलामा एउटा भ्रम के छ भने यौन सम्पर्कपछि हुने हरेक प्रकारका समस्या पुरुषकै कारणले मात्र हुन्छ भन्ने छ । तर त्यही मात्र मुख्य कारण होइन । ध्यान दिनु पर्ने मुख्य कुरा त सरसफाई हो । यौन सम्पर्क गर्नु अगाडि र यौन सम्पर्क गरी सकेपछि महिलाले झन बढी सरसफाइमा ध्यान दिनुपर्छ । 

कण्डमको प्रयोग
असुरक्षित यौन सम्पर्ककै कारण महिलालाई बेसक हर्पस र एपीबि भाइरसलगायत विभिन्न यौन रोग लाग्ने सम्भावना बढी हुन्छ । यौन सम्पर्कको क्रममा आफ्नो यौन साथिलाई कण्डम लगाउन दबाब दिनुहोस् । यसबाट तपाईमा हुन सक्ने धेरै किसिमका संक्रमणबाट सहजै बच्नुहुनेछ । असुरक्षित यौन सम्पर्कले सबैभन्दा बढी युरिनरी इन्फेक्सन हुन्छ । असुरक्षित यौन सम्पर्क गर्ने समस्या नै यहि हुने गरेको चिकित्सकहरुको भनाई छ । 

शौचकार्य पछि सरसफाई
टिस्यु प्रयोग गर्नुअघि र पछि दुवै पटक राम्ररी हात धुनुपर्छ । खासगरी घरबाहिर सार्वजनिक शौचालयहरुको प्रयोग गरेपछि यस्ता कुरामा विशेष ध्यान दिन जरुरी छ । 

समय समयमा स्वास्थ्य परीक्षण
आम मानिस रोगले च्यापेर थलिएपछि मात्र अस्पताल वा स्वास्थ्य संस्था जाने गर्छन् । तर तपाईले समय समयमा आफ्नो शरीरको सम्पूर्ण चेकजाँच गर्नुभयो भने 
कुनैपनि प्रकारको इन्फेक्सन या ब्याक्टेरीयाबाट लाग्ने रोगबाट बच्न सकिन्छ । अझ समस्याको समाधान नभए स्त्री रोग विशेषज्ञसँग सल्लाह पनि लिन सक्नुहुनेछ । 

प्रसश्त पानी पिउनु
युरिन इन्फेक्सनको लागि तपाईंले अधिक मात्रामा पानी पिउनु जरुरी हुन्छ । पर्याप्त पानी पिउँदा शरीरमा भएका बिकारहरु पिसावको माध्यमबाट सहजै शरीर बाहिर जान्छ ।  

Last modified on 2021-11-21 07:30:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts