राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जिन एक्सपर्ट सेवा सुचारु



Download our app to get more features

दाङ, ७ कात्तिक । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भवन अभावका कारण लामो समयदेखि अवरुद्ध हुदै आएको क्षयरोग निदानका लागि प्रभावकारी मानिने जिन एक्सपर्ट सेवा सुचारु भएको छ ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा भवन निर्माण सम्पन्न भएपछि जिन एक्सपर्ट सेवा सुचारु भएको हो । 

शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी निर्देशक डा. प्रज्ञा बस्नेतले सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम प्रवन्धक मिमबहादुरा सिँह, स्वास्थ्य कार्यालय दाङका क्षयरोग फोकल पर्सन डम्बर कुँवर, किड्स क्षयरोग परियोजना लुम्बिनी प्रदेश संयोजक भिमा पराजुली उपस्थितीमा भवन उद्घाटन गर्दै सेवा सुचारु गरेकी छन् ।

प्रतिष्ठानमा उक्त प्रविधिको सेवा सुचारु भएसँगै क्षयरोग निदान र व्यवस्थापनमा ठुलो सहयोग पुग्नुको साथै क्षयरोग निदानका लागि अन्य जिल्ला जानु पर्ने बाध्यताको अन्त्य भएको दाङ क्षयरोग परियोजना प्रमुख माधव खनालले बताए । 

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी क्षयरोग हुने जिल्लामध्ये दाङ दोस्रो स्थानमा रहेको छ । हाल दाङमा ८ सय ५२ जना क्षयरोगी रहेका छन् ।

Last modified on 2021-10-24 06:54:40

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts