जवानीमै होला है हृदयघात ! (भिडियोसहित)

What's This?


Download our app to get more features

काठमाण्डौं, १२ चैत्र । पछिल्लो समय आममानिसको व्यस्त दैनिकीका कारण विभिन्न रोगहरु देखा देखा पर्ने क्रम बढेको छ । मानिसले शारिरीक व्यायममा जोड नगर्दा हृदयघातको जोखिम पनि दिनप्रतिदिन बढ्दै छ । पर्याप्त शारिरीक परिश्रम नगर्ने र खानपानमा पनि ध्यान नदिँदा हृदयघातको सिकार हुनेको संख्या दिनहुँ बढ्दो छ ।

अव्यवस्थित जीवनशैली, आधुनिक सभ्यता र व्यस्त जीवन व्यतित गर्नेहरु हृदयघातको शिकार हुने गरेको चिकित्सकहरु बताउँछन् । अत्याधिक चिल्लो, कोलस्ट्रोल र कार्बोहाइडेडयुक्त खाना खाने प्रवृत्तिले कम उमेरकै मानिसलाई पनि हृदयघातको जोखिम बढेको चिकित्सकहरु बताउँछन् । नेपालमा विशेषगरी शरीरमा बोसोको मात्रा बढी भएर ३५ वर्षभन्दा बढी उमेरका मानिसहरु हृदयघातको बढी शिकार हुने गरेको तथ्यांक छ ।

खानामा अत्याधिक चिल्लो, कार्बोहाइडेड र कोलस्ट्रोलको प्रयोगले मुटुलाई सूचारु राख्ने नशामा अवरोध पुर्याएपछि हृदयघात हुने  मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई बताउँछन् । दिनप्रतिदिन बढिरहेको वातावरण प्रदुषण, दैनिक जीवनयापनमा आएको परिवर्तन र स्वस्थ्यप्रति खासै चासो नदेखाउने प्रवृत्तिले हृदयघात हुनेको संख्या बढेको डा भट्टराईको अनुभव छ ।

 

हृदयघात किन हुन्छ ?

फेरिएको दैनिकाका कारण आम मानिस हृदयघातको सिकार हुने गरेका छन् । त्यसैगरी खानामा उचित ध्यान नदिँदा पनि मुटुमा समस्या हुने गरेको डाक्टरहरुको भनाई छ । कार्बोहाईड्रेड बढी भएको खाना तथा पछिल्लो  समय रेस्टुरेष्ट तथा क्याफेमा खाना खाने संस्कार र जंगफुडको अत्याधिक प्रयोगले पनि हृदयघात निम्त्याउने गरेको छ । धुम्रपान र मध्यपानलगायतका कुलत र वंशाणुगत गुणका कारण पनि मुटुमा समस्या देखा पर्ने गरेको छ ।

बच्ने उपाय

दैनिक खानामा नुनको मात्रा कम प्रयोग गर्न चिकित्सकहरुको सुझाव छ । नियमित शारिरीक व्यायाम र योग अभ्यास प्रणायम गरेर पनि मुटुलाई स्वस्थ्य राख्न सकिन्छ ।

त्यसैगरी हरियो सागपात, चिल्लोरहित भोजन, कार्बोहाइड्रेड कम हुने खाना, फाइवरयुक्त खाना र शाकाहारी भोजन नियमित गरेमा पनि मुटुलाई स्वस्थ राख्न सकिने स्वास्थ्यकर्मीहरुको सुझाव छ । पर्याप्त शारिरीक आराम र मोटोपना नियन्त्रण गर्न क्यालोरियुक्त खाना कम खाँदा पनि मुटुमा हुने समस्याबाट बच्न सकिन्छ । त्यसैगरी मानसिकत तनावबाट मुक्त रहेपनि मुटुसम्बन्धि समस्याबाट बच्न सकिन्छ ।

 

 

 

 

 

 

Last modified on 2016-03-26 14:12:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts