पिनासको उपचार यसरी गर्नुहोस्



Download our app to get more features

काठमाण्डौं, १२ चैत्र । पिनास नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो । साइनोसाइटिस भनेको टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु साइनसहरु सुन्निनुलाई पिनास भनिन्छ ।
यस्ता साइनसहरु चार प्रकारका हुन्छन् । फ्रन्टल साइनस (निधारमा), म्याक्जिलरी साइनस (दुवैतिर गालाको भित्र), इथमोइडल साइनस (आँखाहरुको बीचमा), र स्फेनोइडल साइनस ( इथमोइडल साइनसको भित्रपट्टि) हुन् । यिनीहरुलाई समग्रमा पारानेजल साइनसेस पनि भनिन्छ । साइनसमा पातलो झिल्लीको तह हुन्छ ।
हामीलाई जब रूघा खोकी लागेर एलर्जी हुन्छ साइनसमा सिगान भरिन्छ र सुन्निन्छ । साइनसको निकास माध्यम अवरुद्ध हुँदा सिगान निस्कने बाटो बन्द भएर ब्याक्टेरिया एवं भाइरसको संक्रमणबाट पिनास हुन्छ । रुघाखोकी लाग्दा केही पनि नभएको भनी लापरबाही गर्नाले पिनास हुन्छ । यसबाहेक पनि धुवाँ, धुलो, नाकमा हुने संक्रमण, विभिन्न एलर्जीहरू, नाकभित्रको हड्डी बांगिनु, नाकभित्र मासु बढ्नु वा पलाउनु पनि पिनास हुनुका मुख्य कारण हुन् ।


पिनासको कारण

साइनसहरुको भित्री मार्गमा केही गरी रोकावट आउनु हावाको राम्रोसँग आवतजावत हुन नपाउनु र साइनसहरु भित्रका फोहोर बाहिर आउन नसक्नु हो । साइनसका मुखहरु बन्द हुनुमा एलर्जी र संक्रमण प्रमुख कारणहरु हुन् । कहिलेकाही नाकको भित्री भागमा मासु पलाउने पोलिप, ट्युमर आदिले पनि साइनसका मुखहरु बन्द गरी पिनास गराउनमा मुख्य भूमिका खेलिरहेको हुन्छ ।
चुरोटको धँुवाले वायु प्रदुषणको कारणले पनि पिनास हुनसक्छ । त्यस्तै रुघाको औषधीहरुको बढी प्रयोग गर्नाले पिनास हुन्छ । सुख्खा मौसममा हुने सुख्खा हावाका कारणले पनि नाक र साइनस भित्रको अर्धतरल पदार्थको मात्रा मक हुँदा पिनास देखापर्छ ।
पिनासलाई मुख्यगरी दुई प्रकारका हुन्छन् । भाइरल वा व्याक्टेरियल संक्रमणले गर्दा हुने पिनास १० दिनभन्दा कम समयसम्म रहने पिनास प्राय भाइरल संक्रमणका कारणले गर्दा हुने गर्छ । १० दिनभन्दा बढी यो समस्या रहेमा व्याक्टेरियाले पिनास गराउँछ । लगायतार १२ हप्तामा पनि निको नभए नाकभित्र मासु पलाएको पोलिपहरु अवस्थामा लामो समयसम्म रहने हुन्छ ।


लक्षणहरु

पिनास भएका व्यक्तिको नाकबाट गन्ध आउने र बाक्लो सिँगान बगिरहने समस्या हुन्छ । लगायतार नाक बन्द भइरहने समस्याले टाउको दुख्ने र भारी हुनुका साथै निधारको अघिल्लो भाग दुखिरहने गर्छ ।
नाकमा सिगान जमेर बन्द हुने भएकाले पिनासका रोगीमा सँुघ्ने शक्तिमा कमि आउँछ । कसैकसैमा विशेष गरी एक्युट पिनास भएमा ज्वरो आउने र जीउ दुख्ने समस्या देखा पर्छ ।
टाउको अगाडि झुकाउँदा टाउकोमा पीडा हुने र माथिल्लो भागका दाँतहरु दुख्ने गालातिर दुख्ने पिनासको मुख्य लक्षण हुन् ।
पिनास, भाइरल रुघा र एलर्जिक पिनास फरक फरक हुन् । भाइरल रुघा लाग्दा माथिल्लो श्वासप्रश्वास नलिको साधारण संक्रमण भएर सुनिन्छ । एलर्जिक पिनास हुँदा नाकबाट लगातार पानी जस्तो तरल पदार्थ बगिरहने, नाक, आँखा चिलाउने, हाँछ्यु आइरहने समस्या हुन्छ ।
जुन प्राय गरेर मौसमको परिवर्तनसँगै देखिने गर्छ । नाक, श्वासप्रश्वासको नलि, साइनसहरु, घाँटीलगायत एकआपसमा जोडिएका हुनाले यी समस्याहरु एउटाले अर्को निम्त्याउने गर्छ र प्राय लक्षण र रोगहरु संयुक्त रुपमा देखिन्छन् । साधारण रुघाबाट शुरु भएरपछि पिनास हुनसक्छ, र एकैपल्ट पनि देखिन सक्छ ।


पिनासको उपचार

पिनासका बिरामीले चिकित्सकसँग परामर्स लिएर घरेलु पद्धती अपनाउनु वा औषधी सेवन गर्नु बढी नै प्रभावकारी हुन्छ । पिनास प्राय गरेर लक्षणहरु र डाक्टरले गर्ने जाँचको आधारमा नै पत्ता लाग्छ । कहिलेकाँही विभिन्न प्रकारले टाउको दुख्ने रोगहरु क्लस्टर टाउको दुखाई, माइग्रेन, दाँतको समस्याहरु, आँखाको समस्याहरु आदिसँग यसका लक्षण मिल्ने खालका हुन्छन् । साथै क्रोनिक पिनासमा लामो समयसम्म ठिक नभएको भन्ने कारण थाहा पाउन जरुरी हुन्छ ।

 

 

4 Comments

  1. Ma pani pinash roog pidit hu.kun dabahile pinash rog nirmul parxa doctor sab

  2. बिशाल पुनon Mon, Apr 09 2018 08:16 PM

    रहा उपचारको कुरा त आयो तर के गर्दा निको हुन्छ भनेको भय राम्रो हुन्थ्यो होला ।

  3. Ma Japan ma xu , malai pinas va jasto xa , Tara ma hospital Jana sakdina, maike health insurance ko paisa tereko xaina , ahile tirne paisa pani xaina . Maile medical bata medicine khada ramro hunxa ki , doctor lai nai check up garaunu perxa ,

  4. राज लामाon Sat, Dec 02 2017 06:01 PM

    यहाँ "पिनासको उपचार" शिर्षक त ठिक छ तर सही उत्तर भने छैन | न त कोही बिरामीले यो पढेर आत्म सन्तुष्टि नै पाउँछन् किन की डाक्टरको मा जानु पर्छ भन्ने कुरा त सबैलाई थाहा छ नि रोग लागे पछी..... सही तरिकाले नाम र इज्जत कमाउने हो भने, यस्तो रोगको घरेलु उपाय पनि बताउँदा सबैको मन बूझ्ने थियो |


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts