सुर्ति सेवनबाट दैनिक ५० जनाको मृत्यु

What's This?


Download our app to get more features

चितवन, १२ चैत । सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा दैनिक झन्डै ५० जनाको मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य कर कोषको सचिवालयले शुक्रबार पूर्वी चितवनको सौराहामा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी अन्तक्र्रियामा तथ्यांक सार्वजनिक गरेको हो ।

नेपालको कुल जनसंख्याको करिब ५० प्रतिशत मानिसले खुलेआम तथा लुकीछिपी सुर्तीजन्य प्रदार्थको सेवनबाट क्यान्सरजस्तो भयानक रोगले बर्सेनी १७ देखि १८ हजार मानिसको मृत्यु हुने गरेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट हुने मृत्युदर ६२ प्रतिशत रहेको बताए । उनले सर्नेभन्दा नसर्ने रोगबाट मर्नेको संख्या बढिरहेको जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनकी नसर्ने रोगको स्रोत व्यक्ति डा. लोनिम प्रसाईं दीक्षितले ३० देखि ७० वर्ष उमेर समूहमा सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने नसर्ने रोगका कारण मर्नेको मुत्युदर ६२ प्रतिशत र सर्ने रोगबाट मर्नेको मृत्यु दर २७ प्रतिशत रहेको बताइन् । नसर्ने रोगहरु क्यान्सर, उच्च रक्तचाप, मधुमेह र मुटुरोग सुर्तीजन्य पदार्थको सेवन र खानपानका कारण लाग्ने गरेको छ ।

कार्यक्रममा व्यवस्थापिका–संसद्अन्तर्गतको महिला, बालबालिका तथा समाज कल्याण समितिकी सभापति रञ्जुकुमारी झाले मृत्युदर घटाउन विसं २०६३ मा बनेको कानुन परिमार्जन गरी विसं २०६८ मा पारित ऐनलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने बताइन् ।

रासस

 

Last modified on 2016-03-25 18:25:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts