व्यवसायी भन्छन्, ‘नाकाबन्दीमा पनि औषधिकोमात्रै मूल्य बढेन’

What's This?


Download our app to get more features

माघ २९, २०७२- औषधि व्यवसायीहरुले नाकाबन्दीको बेला औषधिमामात्रै कालोबजारी नभएको दाबी गरेका छन् ।

भक्तपुरमा शुक्रबार नेपाल औषधि व्यवसायी संघले आयोजना गरेको ‘पुनर्ताजगी तालिम’मा व्यवसायीहरुले आफ्नो निजी प्रयासमा नाकाबन्दीमा औषधिको अभावसमेत हुन नदिएको बताए । ‘खाद्यान्न, इन्धनदेखि सेवाको क्षेत्रमा पनि कालोबजारी भयो,’ संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले भने, ‘तर हाम्रो आफ्नै प्रयासमा औषधिमा एक पैसा पनि बढेन ।’

श्रेष्ठले भूकम्पकाबेला पनि मुलुक तहसनहस भएकाबेला औषधिको अभाव हुन नदिएको उल्लेख गर्दै आवश्यक सहयोग गरेकोमा सरकारलाई धन्यवाद दिए ।

कार्यक्रममा संघका बागमती अध्यक्ष निरञ्जनप्रसाद रिसाल, महासचिव सम्राटमान जोशी, सल्लाहकार रामचन्द्र शर्मालगायतले पनि संक्रमणकालमा व्यवसायीले व्यवसायिक देखाएको बताए । उनीहरुले दर्ता नभएका औषधि पसलले व्यवसायलाई बदनाम गराएको भन्दै कारबाही गर्न माग गरे ।

औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले भूकम्प र नाकाबन्दीमा औषधि व्यवसायीले राज्यलाई आँखा चिम्लेर सहयोग गरेको भन्दै सरकारले पनि औषधि व्यवसायीको सुरक्षा र संरक्षणमा ध्यान दिने बताए ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचार छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts