ललितपुर महानगरमा आजदेखि अग्रपङ्क्तिमा खटिएकाहरूलाई कोरोना खोपको बुस्टर लगाइँदै



Download our app to get more features

ललितपुर, ४ माघ । ललितपुर महानगरपालिकाले आजदेखि कोरोना महामारीको अग्रपङ्क्तिमा खटिएकाहरूलाई कोरोना खोपको बुस्टर मात्रा लगाइँदै छ ।
 
महानगरपालिकाले सोमबार सूचना जारी गर्दै महानगरका ८ वटा अस्पतालबाट बुस्टर मात्रा लगाइने बताएको हो ।

माघ ६ गतेसम्म सञ्चालन हुने बुस्टर डोज खोप अभियानमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शवबाहन चालक, महिला स्वयंसेवक लगायतलाई बुस्टर मात्रा खोप दिइने छ ।

यस्तै सार्वजनिक क्षेत्र (सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने सङ्घसंस्था, बैंकिङ सेवा) का कर्मचारी,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारी, पत्रकार, सार्वजनिक यातायात चालक तथा सहचालक लगायतलाई पनि बुस्टर डोज खोप दिइने महानगरले जनाएको छ ।

Hamro Doctor

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts