जलविन्दु भनेको के हो ?

काठमाडौं, ३२ साउन । हाम्रो आँखाको गेडी भित्र मध्य भागमा एक प्रकारको सफा पानी जस्तो तरल पदार्थ (एकयुस ह्युमर) उत्पन्न भइरहन्छ । यदि एकयुसको उत्पादन मात्रा बढी भयो वा प्रवाह तथा निकास मार्गमा कुनै अवरोध भएका निकास हुन नसकेको एकयुस जल आँखाको गेडी भित्र नै थुनिइ आँखा भित्रको चापमा वृद्धि भई जलबिन्दु रोग लाग्दछ ।
जलविन्दु भएमा आँखा भित्रको चापमा वृद्धि भई दृष्टि नशालाई नराम्रो असर पर्दछ । यो रोगले दृष्टि क्षमतालाई पछिबाट उपचारै नलाग्ने गरी कम गराउन सक्छ । जलविन्दु लागेको बच्चाको आँखाको नानी ठूलो भएर जान्छ ।
यदि परिवारमा कसैलाई जलविन्दु लागेको भए बच्चालाई पनि लाग्न सक्छ । बच्चा जन्मिने बित्तिकै पनि लाग्न सक्छ । नेपालमा एकिन तथ्यांक त छैन तर तिलंगगा आँखा अस्पतालमा मासिक लगभग ७ जनाको शल्यक्रिया हुने गर्दछ ।
विश्वभरिमै दृष्टिविहिन गराउने प्रमुख रोगहरु मध्ये जलविन्दु दोश्रो नम्बरमा पर्दछ । यो रोग विशेष गरेर परिवारमा कसैलाई जलविन्दु छ भने वंशाणुगत रुपमा, ४० वर्ष उमेर भन्दा माथिकालाई, मधुमेह वा उच्च रक्तचाप भएकालाई र आँखामा चोट लागेको छ भने त्यस्ता व्यक्तिहरुलाई लाग्ने सम्भावना बढी हुन्छ ।
नेपालमा सन् २०११ मा गरिएको Rapid Assessment Avoidable Blindness Survey का अनुसार कुल अन्धोपन मध्ये ५ प्रतिशत जलविन्दुको कारणले हुने गरेको देखाएको छ ।
Mero pani aakha ko seto bhag ma raato chha , hospital gai dr.le medicine diyo , tyo medicine lya skin enfrasation bhayo , medicine lya ghau ta thik bhayo but aakha ko raato Hatana ,, Nepal ma bhaya ramro upachae hunthyo hola , haal ma Saudi Arabia ma Xu ,, tasko upaya k garnu kipaya bhandinu hola