काठमाडौं महानगरमा आजदेखि बालबालिकालाई फाइजरको दोस्रो मात्रा लगाइँदै



Download our app to get more features

काठमाडौं, २४ माघ । काठमाडौँ ममहानगरपालिकामा आजदेखि 
बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो मात्रा लगाइँदै छ । 

महानगरपालिकाले आजदेखि फागुन ५ गतेसम्म कोरोनाविरुद्धको फाइजर खोपको पहिलो मात्रा लगाएका १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई दोस्रो मात्रा लगाउन लागेको हो ​।  

महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० बजेदेखि साँझ ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने बताए । 

उनले जारी गरेको सूचना अनुसार खोप लगाउनका लागि महानगरपालिकाले ३२ ओटै वडाको खोप समन्वय समितिको निर्णयअनुसार विद्यालयमा खोप केन्द्र तोकेर कार्यक्रम सञ्चालन गर्ने छ ।  

खोप लगाउन लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने सूचनामा उल्लेख छ । 

स्वास्थ्य विभाग प्रमुख त्रिपाठीले खोप लगाउने केन्द्रमा आवश्यक जनस्वास्थ्यका मापदण्ड लागू गरिने पनि बताए 

Hamro Doctor

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts