नर्समा सहन सक्ने क्षमता भएन भने काम गर्न गाह्रो हुन्छः डा.रोजी



Download our app to get more features

एउटा नर्स भइसकेपछि असल व्यक्त्तिमा हुनुपर्ने सबै गुणहरू हुनु आवश्यक छ । पहिलो त नर्समा सेवाको भावना हुन आवश्यक छ । नर्समा सेवा गर्ने भावाना भएमा उसले बिरामीको दुःख बुझ्न सक्छ । 

त्योसँगै नर्ससँग राम्रो सञ्चार गर्न सक्ने सीप हुनुपर्दछ । जसले गर्दा बिरामीको कुरा सहजै आफूले बुझ्ने र आफ्नो कुरा बिरामीहरूलाई बुझाउन सकिन्छ । त्यस्तै समुहमा मिलेर काम गर्न सक्ने क्षमता पनि नर्समा हुनुपर्दछ । 

नेपालमा बिरामी अनुसार स्वास्थ्य जनशक्ति कम मात्रामा छन् । जसले गर्दा नर्सहरूलाई अलि धेरै जिम्मेवारी हुने गर्दछ । कामको चाप बढी मात्रामा हुन्छ । कहिलेकाही बिरामीहरूलाई राम्रो हेरबिचार नगरेको भन्ने आरोपहरु लाग्ने गर्दछन् । तर, त्यसो हुँदैन । नर्सहरू सेवा गर्नकै लागि भनेर आएका हुन्छन् । त्यसैले उनीहरूले सबैसँग राम्रो नै व्यवहार गरेका हुन्छन् ।

कुनै पनि स्वास्थ्य महामारीमा नर्सहरूको भूमिका महत्त्वपूर्ण हुने गर्दछ । किनभने २४ घन्टा नै बिरामीको बेडसम्म पुगेर हरेक कुराहरूको जानकारी लिने काम नर्सहरूले नै गर्दछन् ।  

नर्सहरूको समस्याहरू धेरै नै छन् । अहिले नर्सहरू विदेशीने क्रम बढ्दो छ जसले गर्दा जनशक्तिको अभाव छ । त्यसैले नेपालमै काम गरिरहेका नर्सहरुलाई कामको चाप धेरै हुने गरेको छ । त्यसले गर्दा उनीहरूमा निराशापन आउने गर्दछ । 

अर्को नर्सहरूलाई काम गर्ने ठाउँमा दुर्व्यवहार पनि हुने गर्दछ । आफ्नै सहकर्मी, बिरामीहरू भेट्न आउने व्यक्तिहरूबाट दुर्व्यवहार हुने गर्दछ । एउटा डक्टरलाई गर्ने व्यवहार र नर्सलाई गर्ने व्यवहारमा फरक हुने गर्दछ । 

एउटा नर्सलाई राम्रोसँग काम गर्नका लागि हामिले सुरक्षित वातावरण बनाउनु पर्दछ । त्योसँगै उनीहरूलाई इज्जत गर्ने, सम्मान दिने, राम्रो पारीश्रमिक दिने गरेमा सहज रुपमा काम गर्न सक्दछ ।  

भिडियोसहित

(श्रेष्ठ, बि एण्ड बि अस्पतालमा नर्सिङ्ग डाइरेक्टरको रुपमा कार्यरत छिन्)

Last modified on 2022-02-19 12:40:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts