राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.लामिछानेद्वारा पदभार ग्रहण



Download our app to get more features

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका नव नियुक्त उपकुलपति डा. विकास लामिछानेले पदभार ग्रहण गरेका छन् ।

डा. लामीछानेले बुधवार प्रतिष्ठान पुगेर पदभार ग्रहण गरेका हुन् । 

उपकुलपती डा. लामीछानेलाई प्रतिष्ठानका शिक्षाध्यक्ष डा. बसन्त लामीछाने, रजिस्ट्रार प्रकाश थापा, डिन डा. सागर पन्थि, अस्पतालका उप निर्देशक डा. एन्जिलिका कार्कीसहित अस्पतालका चिकित्सक र कर्मचारिले स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै उपकुलपती डा. लामीछानेले आउने चार बर्ष भित्र दाङमा एमबिबिएसको पढाई सुरु हुने प्रतिबद्धता जनाए । "अबको चार वर्षभित्र एमबिबिएस पढाई सुरु हुन्छ उनले भने, अस्पतालको स्तरोन्नतिसहित बिकास नै मेरो पहिलो प्राथमिकता हाे ।"

सबैको सहयोगमा नै अस्पताललाई अघि बढाउन आफु तयार रहेको भन्दै अस्पतालको स्तरोन्नतिका लागि पहल गर्ने बिचार व्यक्त गरे ।

डा. लामीछाने दाङ निवासी नै हुन् । उनलाई प्रतिष्ठानका कुलपति एवंम प्रधानमन्त्री शेरबहादुर देउवाले  मंगलबार  प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका थिए ।

Last modified on 2022-02-24 16:19:21

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts