पेट तथा खुट्टामा नसा फुट्ने समस्या के हो ? जानौं कारणबारे



Download our app to get more features

एक्कासी पेट तथा खुट्टामा नसा फुट्ने समस्या धेरैमा हुन्छ । पेटमा नसा फुटेर कम उमेरमा नै मानिसको मृत्यु समेत हुने गरेको छ ।

किन फुट्छ पेट तथा खुट्टामा नसा ? यसले कस्तो असर गर्छ ? भन्ने विषयमा रक्त नसा रोग विशेषज्ञ डाक्टर संदिप राज पाण्डे यसो भन्छन्:

पेट तथा खुट्टामा नसा फुट्ने समस्या धेरैमा हुन्छ । यो समस्यालाई सामान्य रुपमा लिनु हुँदैन किनभने यसले ज्यानै समेत लिन सक्छ । विशेष गरेर पेटमा भित्री धमनी फुट्ने गर्दछ भने खुट्टामा बाहिरी नसा फुट्दछ । 

नसा फुट्ने प्रमुख कारण, खुट्टामा :
खुट्टामा फुट्ने भनेको सिरा नसा हो । बाहिरी चोटपटक लागेर, क्रोनिकमा छाला मुनी फुट्दा र नसा कमजोर हुँदा खुट्टामा नसा फुट्दछ । 

पेटमा नसा फुट्ने कारण:
खुट्टामा फुट्ने नसा भन्दा पेटमा फुट्ने नसा गम्भीर प्रकृतिको हुन्छ । 
धमनी फुट्ने भएकाले पनि समयमा उपचार नभए मृत्यु समेत हुनसक्छ । 

बढी धुम्रपान तथा मध्यपान गर्नु । 
उच्च रक्तचाप ।
कमजोर नसा वा नसामा कुनै पनि समस्या आउनु । 
बढी तौल । 

लक्षण : 
खुट्टामा नसा फुट्दा :
खुट्टा नसा बाहिरबाटै ठुलो देखिनु ।
खुट्टा भारी हुनु । 
खुट्टा झम्झमाउनु । 

पेटमा नसा फुट्दा:
पेटमा नसा बल्किएको आवाज बाहिरै सुन्नीने ।
पेट दुख्ने । 
ढाड दुख्ने । 

उपचार पद्धति : नेपालमा यस्को प्रभावकारी उपचार सम्भव छ । नसाको अवस्था कस्तो छ भनेर हेरेपछि चिरेर, शल्यक्रिया गरेर वा जाली लगाएर उपचार गरिन्छ । विशेषज्ञद्वारा स्तरीय उपचार गराए दोहोरिने सम्भावना पनि न्यून रहन्छ । 

Last modified on 2022-03-15 07:58:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts