तीन महिनादेखि मणिपाल अस्पतालमा तालाबन्दी हुँदा स्वास्थ्य सेवामा सास्ती



Download our app to get more features

कास्की,१७ चैत । पोखराको मणिपाल शिक्षण अस्पतालमा तीन महिनादेखि ताला लागेको छ ।  तीन महिनादेखि तालाबन्दी हँदा प्रशासनिक कामदेखि स्वास्थ्य सेवा प्रदानमा समेत सास्ती भएको छ ।

अस्पतालका कर्मचारीले गत २० पुसमा प्रशासन भवनमा श्रम ऐन र पुराना सहमति अनुसारको सेवा सुविधा माग गर्दै तालाबन्दी गरिदिएका थिए । 

लामो समय माग सुनुवाइ नभएको भन्दै दुईवटा डीनको कार्यकक्षमा पनि ताला लगाएका छन् । अझै कर्मचारीको माग सुनुवाइ हुन सकेको छैन् । कर्मचारीको आन्दोलनले प्रशासनदेखि उपचारमा समेत समस्या सुरु भएको छ । 

उपचार कक्षमा तालाबन्दी नगरे पनि कर्मचारी व्यवस्थापन र सामाग्री खरिदमा समस्या भएको अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले २०७४ सालमा कर्मचारी युनियनसँग गरेको ७ बुँदे सम्झौता अनुसारका सेवा सुविधा दिनुपर्ने कर्मचारीहरूको माग छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts