चितवन फेरि कोरोना संक्रमणमुक्त, स्वास्थ्य सावधानीमा हेलचक्य्राइँ भने नगर्न विज्ञको सुझाव



Download our app to get more features

चितवन, ८ जेठ । चितवन जिल्ला झन्डै तीन साता पछि फेरि कोरोना भाइरस संक्रमणमुक्त भएको छ ।

आइतवारको तथ्याङ्क अनुसार भरतपुर महानगरपालिकामा रहेको १ जना कोरोना भाइरस संक्रमित निको भएसँगै जिल्लामा संक्रिय संक्रमितको संख्या शून्य रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

कार्यालयका अनुसार यसअघि झन्डै डेढ महिनादेखि कोरोना भाइरस संक्रमणमुक्त रहेको चितवनमा वैशाख तोस्रो सातातिर भरतपुर महानगरपालिकामा २ जना र राप्ती नगरपालिकामा १ जनामा संक्रमण देखिएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४ जना रहेको थियो । जसमध्ये ३ जना यसअघिनै निको भई सकेका थिए । बाँकी रहेको एक जना निको भएसँगै जिल्ला फेरि संक्रमणमुक्त भएको हो ।

जिल्लाका ७ मध्ये ५ स्थानीय तह भने संक्रमणमुक्त नै रहेका थिए  । जिल्लाकै एक मात्रै गाउँपालिका इच्छाकामना भने फागुन दोस्रो सातादेखि नै कोरोना संक्रमणमुक्त भएको थियो ।

जिल्लाभर ३३ हजार बढी निको भए, ४ सय ४९ जनाको मृत्यु

जिल्लामा अहिलेसम्म कोरोना संक्रमित हुनेको कुल संख्या ३३ हजार ५ सय ५२ पुगेको छ । यसरी संक्रमित हुनेमा १७ हजार ७ सय ८४ जना पुरूष र १५ हजार ७ सय ६८ जना महिला रहेका छन् । जसमध्ये जिल्लाभर अहिलेसम्म ३३ हजार १ सय ३ जना कोरोना भाइरस संक्रमणमुक्त भई निको भएका छन् । यसैबीच जिल्लाका संक्रमित मध्ये अहिलेसम्म ४ सय ४९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सावधानीमा हेलचक्य्राइँ भने नगर्न विज्ञको सुझाव

चितवन जिल्ला फेरि आइतवारदेखि संक्रमणमुक्त भएपनि जोखिम कायमै रहेको विज्ञले जनाएका छन् । संक्रमण नियन्त्रण तर्फ गएपनि जोखिम भने कायमै रहेको भन्दै चिकित्सकले सावधानी अपनाउन नछोड्न सबैलाई आग्रह गरेका छन् । उनीहरूले घर बाहिर निस्कनु पर्दा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न सबैलाई अनुरोध गरेका छन् ।

Last modified on 2022-05-23 15:05:56

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts