गठिया बाथ के हो ? यसले जोर्नी र अन्य अङ्मा पनि असर गर्छ ? (भिडियोसहित)



Download our app to get more features

काठमाडौं । बाथ भन्नाले जोर्नीहरूमा असर गर्ने रोग भन्ने बुझ्छौं । तर बाथरोगले जोर्नीका साथै शरीरका अन्य अङ्मा पनि असर गर्ने गर्छ । बाथ रोगले शरीरका कुन कुन अंगमा असर गर्छ यस यसबाट कसरी बच्ने भन्ने विषयमा बाथरोग विशेषज्ञ डा. दिपा शाहसँग हाम्रो डक्टरले गरेको कुराकानीको अंश ः–

बाथ रोगको राजा मानिने गठिया बाथले विशेषगरी जोर्नीहरूमा असर गर्छ । यसलाई रुमाटोइट आर्थराइटिस पनि भनिन्छ । गठिया बाथ पुरुषमा भन्दा महिलामा बढी देखिन्छ । १५ देखि ४५ वर्ष उमेर समूहमा यो बाथ रोग बढी देखिन्छ । गठिया बाथले हातको जोर्नीहरूमा बढी असर गर्छ । यसका लक्षणहरूमा हात खुट्टाका जोर्नीहरु दुख्ने, सुन्निने, जोर्नी रातो हुने, बिहान उठ्दा अररो हुने गर्छ । 

गठिया बाथले शरीरका अन्य अंगमा पनि असर गरेको देखिन्छ । तर यो कम मात्रा हुन्छ । यस बाथले मुटु, मिर्गाैला, फोक्सो र आँखामा पनि असर गर्ने गरेको देखिन्छ । गठिया बाथका कारणले फोक्सो राम्रोसँग फुल्न सक्दैन । त्यस्तै आँखाको भिजनमा पनि असर गर्छ । 

समयमा उपचार नभए यसले शरीरका अंगहरू ड्यामेज नै गर्छ । यसको उपचारका विभिन्न तरीका छन् । बिरामी धेरै दुखाइमा रहेको अवस्थामा नदुख्ने औषधि दिइन्छ । तर यसले रोग निको पार्दैन । यस रोगको उपचारका लागि सुईबाट दिइने औषधि पनि आइसकेको छ । तर यो औषधि मंहगो छ । साथै फिजियोथेरापी पनि गर्नुपर्छ । 

स्वच्छ खानेकुरा र सक्रिय जीवन बिताउँदा बाथ रोगका साथै कुनै पनि रोग लाग्नबाट बच्न सकिन्छ । 

भिडियोमा हेरौं :

Hamro Doctor
Last modified on 2022-06-07 10:22:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts