चितवनमा १२ देखि १७ वर्षका किशोरकिशोरीलाई कोरोना खोपको बुस्टर लगाईँदै



Download our app to get more features

चितवन, ३१ जेठ । चितवनमा किशोरकिशोरीका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बुस्टर डोज खोप चलिरहेको छ । 

१२ देखि १७ वर्षका किशोरकिशोरीहरूका लागि सोमबारदेखि शुरू भएको बुस्टर डोज आगामी आइतवारसम्म लगाइने स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख राम कुमार केसीले जानकारी दिए । 

उनका अनुसार माडी नगरपालिका र जिल्लाकै एक मात्र गाउँपालिका इच्छाकामनामा सोमबार देखि बुधवारसम्म, खैरहनी र कालिका नगरपालिकामा मंगलबारदेखि शुक्रवारसम्म, राप्ती नगरपालिकामा बुधवारदेखि शुक्रवारसम्म, रत्ननगर नगरपालिकामा बुधवारदेखि आइतवारसम्म पाँच दिन बुस्टर डोज लगाइने छ । 

त्यस्तै, जिल्लाकै सबैभन्दा ठुलो स्थानीय तह भरतपुर महानगरपालिकामा मंगलबारदेखि शनिवारसम्म खोप लगाइने छ । सबै स्थानीय तहले आ–आफ्नो तालिका बनाएर खोप सञ्चालन गरिरहेका छन् । 

१२ देखि १७ वर्षसम्मका किशोरकिशोरीले आफ्नो घरपायक पर्ने खोप केन्द्र (स्वास्थ्य केन्द्र वा स्वास्थ्य चौकी) मा पुगेर खोप लगाउन सक्ने कार्यालयले जनाएको छ । यो समूहमा अधिकांश विद्यालयस्तरका किशोरकिशोरीहरू छन् । खोप लगाउन जाँदा आफ्नो परिचय खुल्ने कागजपत्र अनिवार्य लैजानु पर्नेछ । 

खोप लगाउन जाँदा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग जस्ता स्वास्थ्यका सम्पूर्ण मापदण्डहरू राम्रोसँग पालना गर्न समेत स्वास्थ्य कार्यालयले सबैमा अनुरोध गरेको छ ।

Last modified on 2022-06-15 10:15:19

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts