भिटामिन 'डी' को कमी हुँदा शरीरमा कस्ता समस्या देखिन्छ ? जानौं



Download our app to get more features

भिटामिन 'डी' शरीरको लागि अति महत्वपूर्ण तत्व हो । भिटामिन 'डी' को कमीले उच्च रक्तचाप, डिप्रेसनदेखि विभिन्न रोग लाग्न सक्छ ।

शरीरमा भिटामिन 'डी' को कमीले के कस्ता रोग लाग्छन् र यसको आवश्यत्ता किन छ ? भन्ने विषयमा प्राकृतिक चिकित्सक तथा दुखाई विशेषज्ञ डा. शुनिल पौड्यालको सुझाव यस्तो छ:–

शरीमा अति आवश्यक भिटामिन मध्ये भिटामिन 'डी' पनि एक हो । शरीरमा भिटामिन डीको असन्तुलन हुँदा विभिन्न रोग लाग्न सक्छ । पछिल्लो समय भिटामिन डीलाई हर्मोनको रुपामा समेत हेर्न थालिएको छ । 

भिटामिन 'डी' को आवश्यत्ता किन ?
    शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन् ।
    शरीरलाई विभिन्न रोग लाग्नबाट बचाउँछ । 
    क्यान्सर, मुटु रोग, उच्च रक्तचाप लगायतका रोग       लाग्नबाट बचाउँछ । 
    शरीरमा स्फूर्ति कायम गराउँछ ।

भिटामिन 'डी' कमी भए देखिने लक्षणहरू :
    शरीर आलस्य हुुने ।
    काम गर्न मन नलाग्ने ।
    कुनै पनि कुरामा ध्यान एकाग्र नहुने ।
    हड्डी कट्कटी खाने, दुख्नु ।
    खानामा अरुची हुने ।
    तनाव बढ्ने ।
    रोग प्रतिरोधात्मक क्षमताको कमी हुने । 

भिटामिन 'डी' भए यस्ता समस्या देखिन्छन्: 
  हाडजोर्नी दुख्ने, खिइनी । 
  उच्च रक्तचाप ।
  शारीरिक तथा मानसिक थकान ।
  निन्द्रा नलाग्नु ।
  शरीर आलस्य हुने ।
  पार्किन्सन्स ।
  डिमेन्सिया ।
  मधुमेह ।
  मुटुरोग ।
  लामो समयपछि विभिन्न अङ्गको क्यान्सर समेत हुने । 

भिटामिन 'डी' कमी हुन नदिने उपाय :
भिटामिन 'डी' को मूख्य स्रोत घाम हो । दैनिक घाममा एक घण्टा बस्यो भने शरीरलाई आवश्यक पर्ने भिटामिन डी पुग्छ ।

घाममा दैनिक बस्न नसके पनि  कम्तिमा साताको एक पटक बिहान १०/११ बजेतिरको घाममा बस्ने गर्नुपर्छ । औषधिको माध्यमबाट भिटामिन 'डी' को परिपूर्ती गर्नुभन्दा घामबाट प्राप्त गर्नु हरदृष्टिले लाभदायक हुन्छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts