के हो माइग्रेन ?

माइग्रेनको लक्षणहरु के के हुन ? 



Download our app to get more features

माइग्रेन भनेको एक जटिल खालको लामो समयसम्म देखिने टाउको दुख्ने रोग हो । सबै टाउको दुख्ने रोगहरु भने माइग्रेन हैनन किनकी यसको दुखाइ विशेष प्रकारको हुन्छ ।

के कारणले हुन्छ माइग्रेन ?
यो रोग लाग्ने कारण ठ्याक्कै यहि हो भनेर पत्ता लाइसकेको छैन । तर विभिन्न अनुसन्धानहरुबाट यो रोग लाग्ने केहि सम्भावित कारणहरुको पहिचान गरिएको छ । 
१.    हाम्रो मस्तिस्कमा हुने केहि रक्तनली सुन्निएर वा फुलेर नसाहरु तन्काउने गर्छन जसले गर्दा टाउको दुख्ने गर्छ 
२.    महिलाहरुमा महिनावारीको समयमा हुने हर्मोनको उतारचढावले गर्दा पनि यो रोग महिनावारीको कुनै विन्दुमा देखिन सक्छ 
३.    केहि गर्भ्निरोधक चक्कीहरुलाई पनि यो रोगको सम्भाव्य कारणको रुपमा लिइएको छ 
४.    बढी तनाव, चिन्ता आदिले यो रोगलाई बल्झाउन सक्छ 

माइग्रेनको लक्षणहरु के के हुन ? 
१.    केहि घण्टा वा केहि दिनसम्म आलाश्य, चिडचिडाहाट, छटपटी हुनु र व्यवहारमा परिवर्तन आउनु 
२.    करिव २० प्रतिशत मानिसमा “औरा” भनिने लक्षण देखिन सक्छ जसमा विरामीहरुलाई आँखामा झिल्का परेजस्तो हुने, चाँदीका धर्सा जस्तो देखिने वा केहिवेरको लागि आँखा नदेखिने पनि हुन सक्छ
३.    वाकि ८० प्रतिशतमा “औरा” विनाको टाउको दुखाइ देखिन्छ जुन टाउकोको एक भाग वा दुवै भागमा देखिन सक्छ । टाउको दुखाइ सहनै नसकिने हुन्छ, विरामीले यसलाई “बलक(बलक हानेको” भनेर व्याख्या गर्छन । टाउको संगै निधार, आँखाको वरीपरी र भित्र पनि दुख्न सक्छ ।
४.    टाउको दुखाइलाई उज्यालो, आवाज, हिडाई र भिडभाडले थप बल्झाउछ त्यसैले विरामी झर्को मान्छन र एक्लै शान्त कोठामा बस्ने गर्छन
५.    टाउको दुखाइ करिव ४ देखि ७२ घण्टा सम्म हुन सक्छ र निश्चित समयपछि यो फेरि दोहोरिन सक्छ 

माइग्रेनको जाँच कसरी गर्ने ?
विशेषत माइग्रेनकै लागि भनेर कुनै छुट्टै जाँच छैन । माथि उल्लेखित लक्षणहरुबाट र अन्य कुनै टाउकोको समस्याहरुबाट छुट्टाउन केहि शारीरिक जाँचहरु गरेपछि यो रोग माइग्रेन नै हो भन्न सकिन्छ । टाउकोको अन्य कुनै जटिल रोग छुट्टाउनको निम्ती चिकित्सकको सल्लाहमा एक्स रे, सीटी स्क्यान वा एम आर आइ गर्न सकिन्छ ।

माइग्रेनको उपचार कसरी गर्ने ?
माइग्रेनको एट्याकबाट बच्नको लागि यसलाई निम्त्याउने केहि कारणहरु पहिचान गरेर त्यसको रोकथाम गर्नु वुद्दीमानी हुन्छ । 
१.    यदि कुनै गर्भ्निरोधक चक्की खाइरहेको छ त्यसले गर्दा माइग्रेन भएको हो भने त्यसलाई रोक्नु लाभादायिक हुन्छ 
२.    धुँवा, धुलो, चिज, चकलेट, रक्सी, चम्किलो प्रकाश, होहल्ला  क्याफिन आदिले गर्दा माइग्रेनको एट्याक आउँछ भने त्यसबाट टाढै बस्नुपर्छ 
३.    तनाव, चिन्ता, भय, उदासिनता जस्ता मानसिक समस्याले गर्दा माइग्रेन भएको छ भने त्यसलाई सकेसम्म कम गर्ने विधी अपनाउनपर्छ
४.    यदि माइग्रेनको एट्याक आएमा त टाउको दुखेर सहनै नसक्ने भएका दुखाइ कम गर्न सिटामोल, व्रुफेनजस्ता औसधी सेवन गर्न सकिन्छ 
५.    लामो समयसम्म माइग्रेनको दुखाइ दोहोरिरहेमा चिकित्सकको सल्लाह अनुरुप यसको एट्याकबाट बचाउने औसधीहरु सेवन गर्न सकिन्छ ।

 

तस्वीर एजेन्सी 

Last modified on 2016-09-15 17:18:51

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

1 Comments

  1. पछाडि को भाग जस्तै घाटि देखी देब्रे side टाउको को inside बजे सस्तो आवाज आउछ।अनि दुख्छ र पोलेको जस्तो अनुभब हुन्छ।अल्छी र धेरै गरौं लाग्छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts