जन्डिस कुनै रोग होइन



Download our app to get more features
Spark_health_home Max media Ncell Ads

न्डिस भनेको आफैमा कुनै रोग होइन । यो त कुनै एक रोगको लक्षण मात्र हो । रगतमा विलिरुविन (कलेजोले निकाल्ने एकप्रकारको पहेँलो पदार्थ) को मात्रा बढी भएर आँखा, छाला र मुखभित्र पहेँलो हुनुलाई जण्डिस भन्ने गरिन्छ । थुप्रै रोग हरुमा लक्षणको रुपमा जण्डिस देखिन्छ  । तर हाम्रो देशमा जण्डिस भन्ने बित्तिकै रोग भनेर उपचार गर्न जाने चलन छ ।

साधारण अवस्थामा स्वस्थ व्यक्तिको रगतमा विलिरुबिनको मात्रा १ मिलिग्रामभन्दा कम हुन्छ । शरीरमा बिलिरुबिनको मात्रा ३ मिलिग्रामभन्दा बढी भएमामात्र आँखा, छाला र मुखभित्र पहेँलो देखिन्छ र त्यसलाई नै जण्डिस भनिन्छ । 
 
के कारण देखिन्छ जण्डिस ? 
रगतको रातो कणको मृत्यु भएपछी शरीरमा विभिन्न प्रकृया पूरा भएपछि यसबाट बिलिरुविन निस्कन्छ र रगतमा जान्छ । रगतमा भएको बिलिरुविनलाई कलेजोको कोषहरुले पित्तथैलीमा फ्यालिदिन्छ । पित्तको थैलीबाट निक्लेको पित्तमा मिश्रित विलिरुविन पित्तको नली हुँदै सानो आन्द्रामा जान्छ । आन्द्राबाट फेरि सोसिएर ८० प्रतिशत जति पुनः रगतमा जान्छ । यसरी रगतमा विलिरुविन सधैँ रहिरहन्छ । कुनै कारणले यो मात्रा बढी भएमा यस अवस्थालाई जण्डिस भनिन्छ ।
 
शरीरमा कम्तिमा विलिरुविनको मात्रा ३ मिलिग्राम भन्दा बढि भएमा आँखा पहेंलो हुने गर्दछ । मैले अहिलेसम्म विलिरुविनको मात्रा ७६ मिलिग्रामसम्म भएको पाएको छु । त्यसैले शरीरको आँखा, छाला र मुखभित्र पहेँलो देखिएमा जण्डिसको उपचार गर्ने भन्दा पनि के कारणले जण्डिस देखियो भनेर परिक्षण गरी उपचार गर्नु प्रभावकारी हुन्छ ।

vayoda

विलिरुविन बढेर जण्डिस देखा पर्ने तीन विशेष अवस्थाहरु हुन्छन । पहिलो रगतको रक्त कोष अध्याधिक नष्ट भएर अत्याधिक विलिरुविन निस्केर कलेजोले त्यसलाई लिन नसक्नु ।, दोश्रो कलेजोको रोग लागेर रगतबाट विलिरुविन लिएर पित्तमा फ्याक्न नसक्नु र तेश्रो पित्तको नली कुनै कारणले अवरुद्ध भएर पित्त आन्द्रामा जान नसक्नु हो ।

जण्डिस कुनै रोगको लक्षण भएकोले यसले कुनै नवजात शिशुबाहेक अरुलाई असर गर्दैन । नवजात शिशुमा १० मि.ग्रा. भन्दा बढी विलिरुविन वढेमा रगत मार्फत मस्तिष्कमा पुगेर विभिन्न नशा सम्वन्धी समस्या सिर्जना गर्न सक्दछ । वयष्क मानिसमा विलिरुविन एक देखि १० मि.ग्रा. भए पनि पहेलो गराउने बाहेक यसले केही हानी गर्दैन ।  यस वाहेक विलिरुविनको कारणले शरिर चिलाउन सक्दछ । तर्सथ जण्डिस आफैले कुनै खास समस्या गर्दैन भने बुझ्न जरुरी छ । कुन कारणले जण्डिस भएको हो उक्त कारणले गर्दा हुने लक्षणहरु भने छुट्टा छुट्टै हुन्छ ।

बिभिन्न रोगअनुसार जण्डिस देखिने अवस्थाहरु फरक फरक हुन्छन् । जसअनुसार जण्डिसलाई बर्गीकरण गर्न सकिन्छ ।

१.प्रि हिपाटिक 
बिशेषगरी रगतसम्बन्धि रोगहरुमा लक्षणको रुपमा देखिने जण्डिसलाई प्रि हेपाटिक अन्र्तगत राखिन्छ ।
शरिरमा अत्याधिक मात्रामा विलिरुविन उत्पादन भएर त्यसलाई कलेजोले पित्तथैलीमा फ्याल्न नसक्दा जण्डिस हुन सक्छ । यस किसिमको जण्डिसमा विलिरुविन घटबढ भइरहने र ५ मि.ग्रा. भन्दा बढी हुँदैन । रगतको रक्त कोष अध्याधिक मात्रामा नष्ट हुनु ,असामान्य अवस्थाको रक्त कोष वन्नु  र  शरिरको कुनै उँमा अत्याधिक रक्तश्राव पछि जमेको रगत विस्तारै शोसिदै जाने क्रम चाडंै हुन जान्छ भने त्यस अवस्थामा पनि जण्डिस हुन सक्दछ ।

२. हिपाटिक 
बिशेषगरी कलेजो सम्बन्धि रोगहरुमा लक्षणको रुपमा देखिने जण्डिसलाई हिपाटिक अन्र्तगत राखिन्छ । कलेजोका रोग भन्नाले जन्मजात हुने कलेजोका रोग, एक्युट हिपाटाइटिस, क्रोनिक हिपाटाइटिस र कलेजोका क्यान्सर सम्बन्धि रोगहरु हुन् ।

३. पोष्ट हिपाटिक 
कुनै कारणले  पित्तथैलीको नली वन्द भएमा पित्त आन्द्रामा जान नसकेर रगतमा विलिरुविन बढन सक्छ । यस किसिमको जण्डिसलाई सर्जिकल जण्डिस पनि भनिन्छ । पित्त नलिमा ढुङ्गा हुनु, पित्तको नलिको क्यान्सर हुनु, प्यान्कृयाज्को क्यान्सर हुनु पोस्ट हिपाटिक जण्डिसका कारण हुन । 

उपचारमा भ्रम
जण्डिस रोग भनेर बिभिन्न भ्रम श्रीजना गरी उपचार गर्ने चलन एक दम बढि छ । यो बिरामी ठग्ने काम हो । भाइरल हेपाटाइटिस ए र बी को लक्षण शुरुमा जण्डिस देखिन्छ । खानमा अरुची हुने, वाक् वमकी लाग्ने र ७-८ दिनसम्म जण्डिस बढ्दै जाने र त्यसपछि आँफै घट्दै जाने हुन्छ । तर उपचारको नाममा आँफै ठिक हुने जण्डिसका लागी मानिसहरु बिभिन्न थरीका उपचार गर्दै हिंड्नु गलत हो ।

समाधान
विरामीहरुले भनेका लक्षणहरुको आधारमा कुन किसिमको जण्डिस हो अनुमान गर्न सकिन्छ । त्यस बाहेक बिरामीका शरिरमा देखिने परिवर्तन हेरेर पनि कुन रोगका कारण जण्डिस देखियो भन्ने कारण  ठम्याउन सजिलो हुन्छ ।

रगतको विभिन्न किसिमको जाँच गरेर जण्डिसको प्रकार र त्यसको कारण पत्ता लगाउन सकिन्छ । अल्ट्रासाउण्ड, (भिडियो एक्सरे) ले शल्य चिकित्साबाट उपचार गर्न पर्ने जण्डिस छुट्याउन सकिन्छ । अन्य जटिल अवस्थामा सिटि स्क्यान, एम. आर.सि.पी. आदिको मद्दत लिन पर्ने हुन सक्छ । कुनै अवस्थामा रोगको यकिन गर्न गाह्रो भएमा कलेजोको टुक्रा निकालेर बायोप्सी  जाँच गर्नु पर्दछ । त्यसैले आँखा हेरेर र नाडि छामेर मात्र जण्डिसको उपचार गर्नु ठिक होइन ।

आर्युवेदिक उपचारका आम बुझाई
कुनैपनि रोगका लक्षण जण्डिस देखिएपछि आर्युवेदिक नगर्ने मानिस १० प्रतिशत भन्दा कम पाइन्छ । सवै किसिमको जण्डिसमा एउटै उपचार पद्धति गलत हो । कुनै जण्डिसको उपचार गर्नै नपर्ने हुन सक्दछ तर पनि त्यस अवस्थाको उपचार भईरहेको पाइन्छ । कतिपय जण्डिसका रोगीहरुलाई शल्य चिकित्सकको जरुरी हुने गर्दछ । त्यस अवस्थामा आर्युवेदिक संगसंगै एलोप्याथिक उपचारले बिरामीको अवस्था विग्रन सक्छ । र अन्त्यमा उपचार नहुने स्थिति पनि आउन सक्दछ ।

पहिले एक जमानामा एलियोप्याथिक उपचार पद्धति थिएन त्यसैले सबै रोगहरुको उपचार आर्युवेदिक पद्धतिबाटै गरीन्थ्यो । तर अहिले एलियोप्याथिक उपचार पद्धति आइसकेकोले पहिले रोग पत्ता लगाई सजिलै जण्डिस निराकरण गर्न सकिन्छ ।


 तस्वीर/एजेन्सी
 

Last modified on 2016-09-25 16:33:19

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>
Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts