नयाँ सम्झौताले बेलायतका स्वास्थ्य सेवा संकटमा



Download our app to get more features

काठमाडौं, २ फागुन । बेलायतमा कनिष्ठ डाक्टरहरुमाथि लादेको नयाँ सम्झौतामाथिको विवाद त्यहाँको सरकार, राष्ट्रिय स्वास्थ्य सेवाका कर्मचारी, र कामदारबीच एउटा युद्ध हुन सक्ने त्यहाँको सार्वजनिक सेवा युनियनले चेतावनी दिएको छ ।
सम्झौतालाई जबरजस्ती लाद्दा अन्य कर्मचारीलाई पनि चिन्तित सन्देश दिएको युनियनका क्रिष्टिना म्याक एनियाले बताइन । ‘सम्झौलालाई जबरजस्ती लाद्दा सबै जना चिन्तित बनेका छन् । उनले भनिन् । नयाँ सम्झौता जबरजस्ती लादिएमा कर्मचारीले नौलो आन्दोलन गर्ने पनि उनले चेतावनी दिइन् । शुल्क कटौती र शर्तमा भएको नयाँ नियमलाई लिएर बेलायतका कनिष्ठ चिकित्सक विगत केही महिनादेखि आन्दोलित छन् ।
‘सरकारले साता दिने सेबालाई बिस्तार गरोस भन्ने हाम्रो चाहना हो उनीहरुले हामीलाई कोष जुटाउन चाहेनन,’ युनियनकी म्याक एनियाले भनिन् , ‘बरु कर्मचारीले आम्दानी र शर्तमा भएको कटौतीहरुलाई स्वीकार गरी रकम जुटाएको उनीहरु चाहन्छन् । ’
सरकारले १३ दशमलब ५ प्रतिशतले वृद्धि गरेको शुल्कप्रति चिकित्सकहरुले असन्तोस जनाउदै आएका छन् तर पछिल्लो सम्झौता अनुसार शनिबारका दिन ५ बजेपछि चिकित्सकलाई थप शुल्क दिदैछ । तर ब्रिटिश मेडिकल एशोशियसन भने हरेक शनिबार चिकित्सकहरुलाई आधारभूत शुल्क भन्दा ५० प्रतिशत बढी दिनुपर्ने माग गरेको छ ।

-एजेन्सीको सहयोगमा 
 

Last modified on 2016-02-14 16:53:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts