अस्पतालमा सरकारको लापर्वाही कहिलेसम्म ?

What's This?


Download our app to get more features

घोराही ८, कार्तिक । दाङ हेकुलीबाट अञ्चल अस्पताल तुलसीपुरमा सुत्केरी हुन आएकी  रम्भा चौधरी दिनभरी अस्पतालको बेडमा बसिन । सुत्केरी व्यथाले च्यापेर छटपटाइरहेको उनलाई नर्सहरुले केही इन्जेक्सनहरु दिए र डाक्टरहरु आउनुहुन्छ भन्दै कुराइरहे ।

तर साँझसम्म पनि डाक्टर नआएपछि परिवारले उनलाई नेपालगञ्ज लगे  । राति उनलाई ब्यथा लाग्यो र बिनाअप्रेसन बच्चा जन्मियो । त्यस्तै दाङको पहाडी गाविस लोहारपानीबाट राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा आएकी नमकली विकलाइ  पनि त्यस्तै भयो ।

अस्पतालमा डाटर नभएपछि उनलाई पनि नेपालगञ्ज लागियो । नर्सहरुले हेरेरै भनेका थिए 'अवस्था त सामानय नै र छ तर डाक्टर हुनुहुन्न, पछि अप्ठारो भयो भने समस्या हुन्छ ।' त्यसैले उनको परिवारले पनि उनलाई तुरुन्तै नेपालगञ्ज लगे । 

जिल्लाका सरकारीस्तरकै ठूल्ठूला अस्पतालहरु छन् । उपक्षेत्रीयस्तरको अस्पताल घोराहीमा छ । अञ्चलस्तरको अस्पताल तुलसीपुरमा छ । अनि त्यो पनि अझ उपल्लोस्तरमा मध्यपश्चिम क्षेत्रीय आयुर्वेद अस्पताल पनि तुलसीपुर नजिकैको बजार बिजौरीमा छ ।

तर कुनैपनि अस्पतालमा नागरिक रिझाउने सेवा छैन । सामान्य सुत्केरीहरुलाई पनि उपक्षेत्रय स्तरको अस्पतालबाट नेपालगञ्ज अञ्चल अस्पतालमा रिफर गर्नुपर्ने अवस्था छ । यी सरकारी अस्पतालहरुको एउटै भनाइ छ, 'जनशक्ति छैन हामी रिस्क लिन सक्दैनौं ।' 

हुनपनि सरकारले अस्पतालाई स्तरवृद्धिपछि नाम मात्रै ठूलो दिएको छ । सेवा सुविधा र जनशक्ति उस्तै छ । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीका मेडिकल सुपरिटेन्डेन्ट डा. जनार्दन पन्थी भन्छन् 'नाम मात्रै दिएर हुन्छ र ? त्यही अनुसारको डाक्टर अनि कर्मचारी र सेवा सुविधा दिनुपर्छ ,नत्र हाम्रो पनि ज्यान हो रातिदिन खटेर एउटै डाक्टरले सबै काम कसरी गर्छन् ?' आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।  

Last modified on 2017-08-11 16:10:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts